सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यालयमा तालाबन्दी


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार १५:४६ 
  • धरान,१६ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको छ । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार बिहान तालाबन्दी गरेका हुन् ।

    प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, हरेक हप्ता सार्वजनिक सुनुवाइ गर्नुपर्नेलगायतको माग गर्दै आन्दोलनरत संघर्ष समितिले पदाधिकारी असक्षम एवं गैरजिम्मेवार भएको भन्दै राजीनामा माग गरेका छन् । समितिले स्वास्थ्यमन्त्री अथवा प्रधानमन्त्रीकै अग्रसरतामा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि माग गरेको छ ।

    यसैगरि, अबका दिनमा पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरुले दिएको सुझाव अनुसार विशिष्टिकृत एवं विज्ञहरुको समुह बनाई उक्त समुहले सिफारिश गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउन पनि संघर्ष समितिले माग गरेको छ ।

    मंगलबार संघर्ष समितिसँग वार्ता गर्ने तय भए पनि उपकुलपति डा। ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएपछि वार्ता भाँडिएको संघर्ष समितिका सदस्य रहेका डा. पदम नेपालीले बताए ।

    प्रतिष्ठानका सबैजसो पेशागत संगठन, कर्मचारी, आवासीय चिकित्सक विद्यार्थीले विभिन्न माग राख्दै संघर्ष समिति गठन गरी असार १ देखि उपकुलपति कार्यालय अगाडि धर्ना र विरोधसभा गर्दै आएका थिए ।

    डा. एसपी रिमालको संयोजकत्वमा गठित संघर्ष समितिमा प्रतिष्ठानका पेशागतसंगठन, फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी रहेका छन् ।

    मंगलबार संघर्ष समितिसँग वार्ता गर्ने तय भए पनि उपकुलपति डा। ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएपछि वार्ता भाँडिएको संघर्ष समितिका सदस्य रहेका डा. पदम नेपालीले बताए ।

    आफूहरुलाई वार्तामा बोलाएका उपकुलपति डा। गिरी मदिरा पिएर आएकोले वार्ता भंग भएपछि कार्यालयभित्र चुकुल लगाएर बसेको संयुक्त जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्षसमेत रहेका डा. नेपालीले बताए ।

    वार्तामा उपकुलपति डा। गिरीसँगै रेक्टर प्रा. डा. गुरुप्रसाद खनाल, रजिष्ट्रार प्रा। डा। मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा। दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा. प्रमोद बराल, सिनेटर पशुपति चौधरीलगायत सहभागी थिए ।

    डा।नेपालीले भने ‘मदिरा पिएर आउनुभएको कारण उहाँको बोली समेत लर्बरिएको थियो । त्यसपछि वार्तामा नबस्ने भनेर हामी बाहिरिएपछि भित्र चुक्कुल लगाएर बस्नुभयो । मापसे जाँच पनि गरिएन ।’

    गिरीको मापसे जाँच गर्न माग गर्दै संघर्ष समितिले उपकुलपति कार्यालय घेराउ गरेका थिए । चर्को नाराबाजीसहित कार्यालय घेराउ गर्न थालेपछि प्रहरी परिचालन गरी सुरक्षा दिइएको थियो । प्रहरीकै सुरक्षाबीच उपकुलपति गिरीलाई विराटनगरस्थित उनको निवास लगिएको थियो ।

    एक साताको अल्टिमेटम

    संयुक्त संघर्ष समितिले आफ्नो माग पूरा गर्न एक साताको अल्टिमेटम दिएको छ । असार २३ गतेभित्र माग सम्बोधन नगरिए सम्पुर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक विद्यार्थीहरुले समूहिक राजिनामा दिने चेतावनी दिएको छ ।

    संघर्ष समितिका सदस्य डा। नेपालीले अल्टिमेटमभित्र माग पूरा नभए सामूहिक राजीनामा दिने तयारी गरेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.