सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोल्डेन बुटका यी दाबेदार, जसलाई प्रशिक्षकले खेलेर खान्नस् भनेका थिए


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार १४:३९ 
  • काठमाडौं, १६ असार ।  जब प्याट्रिक सिकले ५० यार्ड परबाट गरेको प्रहार स्कटल्यान्डको पोस्टभित्र छिर्यो, तब सबै आश्चर्य चकित बने । तर, युरोकपमा चेक गणतन्त्रले गरेको यो पहिलो आइकोनिक गोल भने होइन । सन् १९७६ मा एन्टोनिन पानेन्काले उत्कृष्ट पेनाल्टी गोल गर्दै चेकोस्लोभाकियालाई एक मात्र मुख्य प्रतियोगितामा उपाधि दिलाएका थिए । २० वर्षपछि कारेल पोबोस्र्काइले पोर्चुगलविरुद्ध क्वाटरफाइनलमा शान्दार गोल गरे, यस प्रतियोगितामा चेक गणतन्त्र फाइनलमा पुगेर जर्मनीसँग पराजित भयो ।

    सिकले जारी युरोकपमा ४ गोल गरिसकेका छन् । समूह चरणमा चेक गणतन्त्रले गरेका सबै तीन गोल उनकै नाममा थियो । उनले स्कटल्यान्डविरुद्ध दुई र क्रोयशियाविरुद्ध एक गोल गरे । अन्तिम १६ मा नेदरल्यान्डस्विरुद्ध चेक गणतन्त्रले सनसनीपूर्ण रुपमा २–० को जीत निकाल्दा दोस्रो गोल उनले नै गरे । । सिकले मिलान बारोसकै पाइला पछ्याउनसक्छन्, बारोसले २००४ को युरोमा गोल्डेन बुट जितेका थिए ।

    ‘मलाई आशा छ, प्याट्रिकले आफ्नो गोलसहित यस प्रतियोगितामा हाम्रो यात्रा अघि बढाउनेछन्,’ चेक गणतन्त्रका प्रशिक्षक जारोस्लाम सिल्हेभीले इङ्ल्यान्डविरुद्धको समूह चरणको खेलअघि भनेका थिए । इङल्यान्डसँगको त्यो खेल गुमाएपनि समूहमा तेस्रो हुँदै चेक गणतन्त्रले अन्तिम १६ को यात्रा गयो । जहाँ, उसले उपाधिकै दाबेदार नेदरल्यान्डस्लाई हरायो ।

    युवा अवस्थादेखि नै सिक उत्कृष्ट गोलकर्ता थिए । राजधानी प्राग नजिकैको भेस्किट गाउँका लागि उनी खेल्दै थिए । गोल गरेपछि उनी खासै उत्साहित हुँदैन थिए । बरु, जालीबाट बल निकालेर मध्यभागमा ल्याउथें । अनि भन्थें, ‘ठिक छ, फेरि खेलौं ।’ राम्रो अवसरमा गोल गर्न नसक्दा भने उनी रुन्थें र उनको साटो अर्को खेलाडीलाई मैदान पठाउनुपथ्र्यो ।

    उनको प्ररेणा वेयन रुनी हुन् । स्पार्टा प्रागमा रुनी म्यानचेस्टरबाट अवे म्याच खेल्न पुगेका थिए, ८ वर्षका सिकले उनको खेल नजिकबाट नियाल्न पाए । यो रुनीको १९ जन्मदिनभन्दा केही दिनअघिको कुरा थियो । ‘मलाई लाग्यो कि म यस्तै गर्न चाहन्छु, उनीजस्तै जीवन बाँच्न चाहन्छु,’ उनी भन्छन् ।

    स्पार्टाको एकेडेमीमा सिकका प्रशिक्षक रहेका डेभिड होलुबेकले यी स्ट्राइकरको क्षमतालाई लिएर कहिल्यै दुविधा नरहेको बताए । ‘जब मैले उनको टेक्निक र स्पिड देखें । तब, उनी विदेश गएर खेल्नेछन् भन्ने स्पष्ट थियो,’ उनले भने ।

    जब स्पार्टाको अन्डर १८ टोलीका लागि जाब्लोनेकविरुद्ध उनले दुई गोल गरे, तब उनलाई क्लबका खेलकुद निर्देशक जारोस्लाभ रिबिक र प्रशिक्षक मार्टिन हासेकसँग कुराकानी गर्न पठाइयो । ‘उनीहरुले प्रशंसा गर्नेछन् भनेर म ढुक्क थिएँ,’ सिकले सम्झिए,‘उनीहरुसँग मेरो खेलको भिडियो थियो र केही हाइलाइट्स मलाई देखाए । उनीहरुले तिमीले जुध्न सकेनौं भने । मैले डिफेन्सलाई सहयोग नगरेको, टिमका लागि काम नगरेको भने । उनीहरु मलाई व्यवसाहिक खेलाडी बन्न सक्दैनौँ, त्यसैल बुट थन्क्याउ भने । मानिसहरुले किन मलाई क्षमतावान् हुन् भनेका हुन् भनेर उनीहरुले बुझेनन् ।’

    सिकलाई ऋणमा बोहेमियन्स पठाइयो, यो क्लब आफ्नो मेहिनत र जझारु भावनाका लागि चिनिएको थियो । ‘त्यहाँ उनले मेहिनत, मेहिनत र मेहिनत गर्नुपथ्र्यों,’ होलुवेकले भने ।

    यता, स्पार्टाले रेलिगेसनबाट बच्न संघर्ष गर्नुपयो र उनलाई अर्को सिजन फिर्ता बोलाइयो, अब उनले खेल्ने अपेक्षा गरिएको थियो, तर पहिलो प्राथमिकतामा स्टार खेलाडी डेभिड लाफाटा परे । स्पार्टाले प्रस्ताव गरेको नयाँ सम्झौता सिकका एजेन्टलाई चित्तबुझ्दो लागेन, त्यहीकारण यसमा कुनै हस्ताक्षर भएन ।

    बुन्डेसलिगाका तीनवटा क्लबहरु र इटलीको साम्पडोरियाले यतिबेला सिकलाई भित्र्याउन चासो दिइसकेको थियो र जुलाई २०१६ मा सिकले इटलीमा ४० लाख युरोको सम्झौता गरे ।

    ‘तिम्रो नाम के हो ?’ साम्पडोरियाका प्रशिक्षक मार्को जियामपाओलोले अभ्यासका क्रममा सोधको पहिलो प्रश्न यही थियो । फाबियो क्वाग्लियरेल्ला र लुईस मुरियल पनि साम्पडोरियामा सिककै पोजिसनबाट खेल्थें, त्यहीकारण टोलीमा पर्न उनले संघर्ष गर्नुपयो । कहिलेकाँही उनलाई  स्पार्टा छाडेर गल्ती गरियो भन्ने पनि लाग्थ्यो ।

    त्यसपछि अक्टुबरको अन्त्यतिर, युभेन्टस्विरुद्ध साम्पडोरिया ४–१ ले पराजित भएको खेलमा सिकले गोल गरे । ‘दुई दिनपछि मैले केही नराम्रा पासहरु खेले । र, प्रशिक्षक मार्को जियाम्पाओलो मलाई नराम्ररी थर्काइरहेका थिए । युभेन्टस्विरुद्ध गोल गर्दैमा अरुलाई सहज नलिन चेतावनी दिइरहेका थिए,’ सिकले भने ।

    सिकले चाडैँ नै फेरि राम्रो खेल्न थाले । र, त्यस सिजन १२ गोल गरे । यसपछि उनको प्रसिद्धि चुलियो, प्रेमिकासँग सिटी सेन्टरमा स्वतन्त्र रुपमा हिँडिरहेको बेला अचानक समर्थकहरुले उनलाई सेल्फी खिच्न घेरा हाले ।

    युभेन्टस्, मिलान र रोमाले क्लबमा भित्र्याउन प्रस्ताव गरे । मेडिकल परीक्षणमा असफल भएकाले युभेन्टस्मा स्थानान्तरण हुने प्रयास सफल भएन । पुरानो रोगका कारण उनको मुटुमा समस्या देखिएको थियो । तर, रोमाले ४ करोड युरो खर्चिएर उनलाई भित्र्यायो, कुनै खेलाडीका लागि रोमाले यति धेरै खर्च गरेको यो पहिलो पटक थियो । यतिबेला शहरमा गाडी कुदाइरहँदा अन्य ड्राइभरहरुले उनलाई चिनेको संकेत गर्न हर्न बजाउँथे । ट्राफिक लाइटमा परेका बेला बाइक चलाउनेहरु कार नजिकै आएर सेल्फीको आग्रह गर्थे ।

    तर, अझै पनि ब्रेक थ्रु गर्न कठिन थियो । चोटका कारण उनले अपेक्षित खेल्न सकेनन्, इडिन जेको खेलिरहेको ठाउँमा नम्बर ९ बन्न सहज थिएन । उनले ४–३–३ को फम्र्याटमा विंगरको भूमिका पाए । र, फ्लप भनेर चित्रण गरियो । यसपछि जर्मन क्लब आरबी लेइपजीमा ऋणमा पठाइयो । उनले यस क्लबमा २८ खेलमा १० गोल गरे । तर, लेईपजिगले उनलाई स्थायी रुपमा किन्न चाहेन । र, गत सेप्टेम्बरमा २ करोड ६५ युरोमा लाखमा उनलाई रोमाले बार्यर लिभरकुसेनमा बेच्यो ।

    ‘उनी उत्कृष्ट खेलाडी हुन् । केही कुरामा रोनाल्डोभन्दा पनि उत्कृष्ट छन्,’ रेबिकले भने, ‘यद्यपी म्यानचेस्टर सिटीजस्ता ठूला क्लबले पूर्ण खेलाडी चाहन्छन् । उनीहरु खेलाडीको बलियो पक्ष र कमजोरी तथा त्यसले कसरी गेमप्लानमा असर गर्छ भनेर सोच्छन् । क्लबहरुले उनका लागि ठूलो रकम खर्चनुपर्दछ । त्यहीकारण, उनले अझै मेहनत गर्नु राम्रो हुन्छ, आफुसँग बल नहुँदा पनि उनले प्रभाव छाड्नुपर्छ । त्यसपछि हामीसँग विश्वस्तरीय खेलाडी हुनेछन् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
    • राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.