सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लौठ सल्लाका बिरुवा वितरण


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार १२:२८ 
  • ललितपुर, १६ असार । महाङ्काल गाउँपालिकाले यहाँका किसानलाई लौठ सल्लाका बिरुवा वितरण गरेको छ । कृषकको आयस्तर वृद्धि गराउन गाउँपालिकाले सल्लाका बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख मुरलीधर घिमिरेले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “गाउँपालिकाले माग गरेको खुला निवेदनअनुरुप हाल्ने जति सबैलाई दामासाहीले प्रत्येक व्यक्तिलाई १५० गोटाका दरले वितरण गरेका हौँ ।”

    गाउँपालिकाले डेढदेखि दुई वर्षका बिरुवा वितरण गरेको हुँदा अबका तीन देखि चार वर्षमा किसानले फाइदा लिन सक्ने घिमिरेले जानकारी गराउनुभयो । महाङ्काल क्षेत्रमा राम्रोसँग लौठ सल्ला उत्पादन भइरहेको हुँदा किसानको हितमा गाउँपालिकाले रु छ लाख खर्च गरी नौ हजार बोट वितरण गरेको गाउँपालिकाका प्राविधिक विकास दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको भौगोलिक दृष्टिकोण तथा हावापानीका आधारमा यो वनस्पतिले निकै फाइदा दिने विश्वास लिएका छाँै ।”

    सो सल्लाका बिरुवा एक रोपनी जमीन बराबर ५० देखि ७० लगाउन मिल्ने दाहालको भनाइ छ । गाउँपालिकाले चालु आव २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा वडा नं ३ सिसवनमा लौठ सल्ला पकेट क्षेत्र बनाई गाउँवासीको जीवन उकास्ने घोषणासमेत गरेको उपाध्यक्ष कमला तामाङले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.