सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार ११:४१ 
  • झापा, १६ असार । मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् । धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमाल जातीय विकास केन्द्रले मेचीनगर मात्र नभएर झापा, सुनसरी र मोरङ जिल्लामा जङ्गल फाँडेर पहिलो बस्ती बसाउने जाति धिमाल भएको दाबी गरेको छ ।

    यही असार १० गते नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई प्रथम जातिका रूपमा सम्मान दिइने निर्णय गरेको थियो । धिमाल जातीय विकास केन्द्र र राजवंशी समाज विकास समितिले मेचीनगरले सरोकारवाला कसैसँग समन्वय र अनुसन्धान नगरी गरिएको प्रथम जातिसम्बन्धी निर्णय अमान्य हुने विज्ञप्ति जारी गरेका छन् । राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश्वर राजवंशीले प्रथम जाति हुने ऐतिहासिक आधारको पहिचान गर्न नगरपालिकाले तत्काल कार्यदल गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

    धिमाल जातीय विकास केन्द्र झापाका इञ्चार्ज खड्ग धिमालले मेचीनगरको निर्णय मान्य नहुने जनाउँदै प्रथम जातिका विषयमा प्रमाण सङ्कलन गर्न एउटा आयोग गठन हुनुपर्ने माग गर्नुभयो । राजवंशी र धिमाल दुवै समुदायको प्रतिनिधित्व गर्दै आएका संस्थाले मेचीनगर नगरप्रमुख विमल आचार्यलाई भेटेर यस विषयमा आफ्ना धारणासहितको ध्यानाकर्षण पत्र बुझाएको छ । झापा जिल्लामा राजवंशी, धिमाल, मेचे, सन्थाल, किसान, मुण्डा, करुवा, झाँगड, पाहानलगायतका आदिवासीको परापूर्वकालदेखि बसोबास रहँदै आएको छ तर कुन जाति आदिवासी हो भन्ने विषयमा अनुसन्धान भएको छैन । झापामा चार वर्षअघि दमक नगरपालिकाले धिमाल जातिलाई नगरको पहिलो जाति भनेर निर्णय गरेको थियो । दमक नगरपालिकाले प्रथम जातिको प्रतीकका रूपमा नगरपालिकाको प्राङ्गणमा कलात्मक शालिकसमेत स्थापना गरेको छ ।

    कवि शिरोमणि मावि मेचीनगरका शिक्षक दामोदर ढुङ्गेलले सामाजिक सञ्जालमार्फत आदिवासीहरुको सामाजिक, भाषिक, सांस्कृतिक र आर्थिक पक्षको उन्नयन गर्नुपर्ने मुख्य दायित्वभन्दा पर गएर प्रथम जातिको घोषणामा प्रतिस्पर्धा किन भनेर प्रश्नात्मक टिप्पणी गर्नुभएको छ । मेचीनगरका भाषाभाषीको अनुसन्धान गरिरहनुभएका उहाँले बसोबासका आधारमा प्रथम जाति घोषणा गरिने हो भने मानवशास्त्रीय, समाजशास्त्रीय र भाषिक दृष्टिले वैज्ञानिक अध्ययन हुनुपर्ने सुझाव दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.