थप एक हजार ७२८ जना कोरोना सङ्क्रमित, चारहजार ३४८ सङ्क्रमणमुक्त
न्युजभित्तो/१५ असार २०७८, मंगलवार १७:२९
काठमाडौं, १५ असार । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ७२८ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार जनाए अनुसार सात हजार २५९ जनामा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा सङ्क्रमित भेटिएका हुन् ।
यस्तै, आठहजार ८४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार ३४८ छ । पछिल्लो २४ घण्टामा २० जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ७१ जनाको मृत्यु भएको छ ।