बिकास निर्माणमा अनियमितता भएको राजनैतिक दलको ठहर, दोषीलाई कारवाहीको माग
न्युजभित्तो/१४ असार २०७८, सोमबार १६:१५
चितवन, १४ असार । भरतपुर महानगरपलिका वडा नम्बर २५ मा सडक निर्माणको क्रममा आर्थिक अनियमितता भएको भन्दै त्यहाँ क्रियाशिल तीन राजनैतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् । वडामा क्रियाशिल, नेपाली काँग्रेस, नेकपा एमाले रा राप्रपाले आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै बिकास निर्माणका क्रममा आर्थिक अनियमितता भएको जनाएका हुन ।
नेपाली काँग्रेस वडा सभापति बाशी न्यौपाने, नेकपा एमाले वडा सचिब कृष्णहरी जमरकट्टेल, राप्रपा वडा अध्यक्ष रामहरी पौडेलद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा वडा नम्बर २५ भित्रको बिकास निर्माणका सम्वन्धमा नागरिक समाजका अगुवाहरुले गरेको निरिक्षणमा बाटो, ग्राभेल, पुल निर्माण लगाएतका काममा गलत ढङ्गले गरेको पाईएको जनाइएको छ । सडक निर्माण न्यून गुणस्तरीय तरिकाले भएको, उपभोक्ता समिति गठन प्रकृयामा मनलाग्दी गर्दै अनियमितता गरेको भन्दै तीन दलले आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन ।
अनियमितताभएको देखिए पछि सो सम्बन्धमा ध्यान आकर्षण गर्न भनि बिधि प्रकृया भित्र रहि ध्यानआकर्षण पत्र बुझाउन र छलफल गर्न भनि जाँदा ध्यानाकर्षण पत्र बुझ्न नखोज्ने,बुझे पनि दर्ता गर्न नमान्ने, उल्टै छलफलमा बस्ने भनेर वोलाउने र छलफलको ठाउँमा लठैत केटाहरु वोलाई स्वतन्त्र नागरीक समाज अगुवाहरुलाई धरपकड गर्र्ने,हात हाल्ने,अनैतिक शब्दहरुबाट गालीबेइज्जती गर्ने जस्ता कार्य स्वयं भरतपुर २५का वडा अध्यक्षकै नेतृत्वमा हुनु अत्यन्तै खेदजनक भएको बिज्ञप्तिमा जनाइएको छ ।
समाजमा गलत प्रबृत्तिको संरक्षणण गरेको देख्दा यस्ता अनियमितता गर्ने कार्यमा स्वयं वडा अध्यक्षकै संलग्नता रहेको आभाष भएको जनाइएको छ । यस्ता गतिबिधीका बिरुद्ध हामी राजनितिक दलहरु देश जनता र वडाबासी बिकासको चाहना प्रति कटिबद्ध हुदै अराजनितिक गतिबिधी, अनियमितताको भण्डाफोर गर्दै यस्ता गतिविधीको संबन्धित पक्षवाट छानविन गर्न तीन दलले माग गरेका छन् । छानविन गरि दाषीमाथि कारवाहि सहित उचित क्षतीपूर्तीको माग समेत विज्ञप्तिमा गरिएको छ ।