सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘एनआरएन द सिङ्गर’ को उद्घाटन


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १३:५६ 
  • लन्डन,१४ असार । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली सङ्घले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य रुपमा उद्घाटन गरिएको छ ।

    आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा सङ्घका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष पन्तले यो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास लिएको बताउनुभयो ।

    संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने बताउनुभयो ।

    प्रिअडिशनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ । त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुने बताइएको छ । कति अडिशन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुने गौतमको भनाइ थियो ।

    निर्णायक समितिका प्रमुख निर्णायक बाँस्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक साङ्गीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इँटा थप्ने भनाइ राख्नुभयो ।

    कार्यक्रममा निर्णायक शम्भु राई, आइसिसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटनपछि प्रिअडिशन आइतबारदेखि खुला भइसकेको छ । डायस्पोराका नेपाली भाषी अग्रज र अनुजका स्वर प्रतिभा पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ शुरु गरेको हो ।

    कार्यक्रममा प्रथम पुरस्कार रु १५ लाख, द्वितीय पुरस्कार रु सात लाख र तृतीय पुरस्कार रु चार लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिङ्गर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिङ्कसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।

    ‘खोजी ः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार बाँस्कोटा, गायक राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहनुभएको छ ।

    वरिष्ठ सङ्गीतकार तथा निर्णायक मण्डलका प्रमुख निर्णायक बाँस्कोटाले विश्वभरि छरिएका नेपाली सङ्गीतकर्मी र कलाकारलाई कार्यक्रममा जोड्न सुझाव दिँदै यो कार्यक्रमले नेपाली कला क्षेत्रलाई माथि पु¥याउने र नेपाली भाषीलाई नेपाली गीतसङ्गीत सिक्न प्रोत्साहित गर्ने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा पत्रकारले राखेका जिज्ञासाको मूल आयोजक समितिका हिक्मत थापा, गोविन्दप्रसाद गौतम, गणेशराज गौतम, रमण झा लगायतले जवाफ दिएका थिए । यो कार्यक्रमको सहउत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवी टेक्नोलोजी प्रविधि पार्टनरका रुपमा रहेका छन् ।

    संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मूल आयोजक समितिका सचिव खड्ग न्यौपानेले गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.