सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट एक लाख जरिवाना


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १२:०९ 
  • डोटी, १४ असार  । कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै यहाँको स्थानीय प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ ।

    यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.