सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १०:५४ 
  • रसुवा, १४ असार । लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ ।

    चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको सिमानामा तारबार निर्माण गर्ने काम सम्पन्न गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

    संरक्षणको जागरण एवं पदमार्ग तथा तारबार समेतका निर्माणको काम सम्पन्न गराउन समग्रमा रू एक करोड १९ लाख ३८ हजार १६५ खर्च भएको प्रमुख संरक्षण अधिकृत सुषमा रानाले बताउनुभयो ।

    स्याफ्रुबेँसीदेखि रिम्चे हुँदै लाङ्टाङसम्मको पदमार्गअन्तर्गत सात किलोमिटर भूभागमा मर्मत एवं पुनः निर्माण सम्पन्न गरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य क्षेत्रको प्राकृतिक छटा अवलोकन गर्न जाने आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज बनाइएको बताइएको छ । यस्तै निकुञ्जअन्तर्गत सूर्यकुण्डदेखि नुवाकोटको ठाडेपाटीसम्म सात किलोमिटर पर्यटकीय पदमार्ग मर्मत तथा निर्माण, नुवाकोटको कुटुमसाङमा पर्यटकीय टिकट काउन्टर एवं पर्यटकीय प्रवेशद्वार समेत निर्माण गरिएको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले जानकारी दिनुभयो ।

    नुवाकोटको दुप्चेश्वर गाउँपालिकाअन्तर्गत सिलामेमा दुई दशमलव पाँच किलोमिटर मेसजालीको तारबार गरिएको छ । सो क्षेत्रमा निकुञ्जका बँदेल तथा अन्य जनावरले किसानका बालीमा नोक्सान पुयाउने समस्या बढेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको बीचमा तारबार गरिएको अर्का वन प्राविधिक विवेक श्रेष्ठले बताउनुभयो । संरक्षणको जागरण कार्यक्रमअन्तर्गत डढेलो नियन्त्रण एवं रामसार र सिमसार क्षेत्रको महत्वका बारेमा समुदायमा जागरण ल्याइएको बताइएको छ ।

    निकुञ्जका कर्मचारी, सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गण, चोरी शिकारी नियन्त्रण समूह, स्थानीय संरक्षणप्रेमीको सहयोगमा चोरी शिकारीका घटना न्यून हुँदै गएको र निकुञ्ज क्षेत्रमा वन पैदावारको व्ययभारमा समेत ५० प्रतिशतले कमी आएको प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । यसैगरी चालू आर्थिक वर्षमा निकुञ्जभित्र चोरी शिकारी तथा गैरकानूनी क्रियाकलाप गर्ने सात जनालाई कारवाहीको दायरामा ल्याइएको छ ।

    एकातिर भारी वर्षाले बाढी पहिरोका कारण पैदल मार्गमा अवरोध भएको छ भने अर्काेतर्फ कोभिडको बढ्दो सङ्क्रमणले वन जङ्गलको गस्तीमा केही कमी आएको छ । वन जङ्गल मास्ने तथा वन्यजन्तुको शिकार गर्ने जस्ता गैरकानूनी क्रियाकलाप भएको पाइएमा संरक्षणप्रेमीद्वारा गोप्य सूचना पाउनेमा आशावादी भएको निकुञ्जले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.