सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १०:४७ 
  • बलेवा, १४ असार । कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ ।
    रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरनामा जाने झण्डै एक किमी लामो पदमार्ग निर्माण गरिएको हो । उक्त पदमार्ग बनेपछि स्थानीयवासीले झरनामा पुगेर घुम्ने क्रम शुरु भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको रु १० लाख र अन्य स्रोत समेत परिचालन गरेर रु १५ लाखमा उक्त पदमार्ग निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।
    यो पदमार्गबाट झरनामा पुगेपछि सानो टहरा र फलामे पुलसमेत बनाइएको छ । घुम्न गएकाहरुले यो पुल तरेर वारि र पारिको दृश्यावलोकन गर्न सक्छन् । “शीतल र आनन्द लाग्ने स्थान रहेछ, यो वनभोज जानेका लागि पनि उपयुक्त स्थान हो”, वडासदस्य कृष्णबहादुर थापाले भन्नुभयोे, “वडाध्यक्षले यस्ता महत्वपूर्ण स्थान हेरेर सही लगानी गर्नुभएको रहेछ ।” आगामी हिउँदमा वनभोज स्थलसमेत राख्ने योजना लामिछानेले सुनाउनुभयो ।
    डोटे देउरालीमा आठ घर होमस्टे छन् । जिल्ला र बाहिरबाट आएका २० जनासम्मको समूहलाई जैविक खाना खुवाएर राख्न सक्ने गरी यो होमस्टे निर्माण भएको हो । “घर सरसफाइ, जैविक खाना र शुद्ध पानीको व्यवस्था घरघरमै भएको छ”, लामिछानेले भन्नुभयो, “एक दिने घुमाइका लागि आउनेलाई पनि यो राम्रो गन्तव्य बन्छ भनेर लगानी गरियो ।” होमस्टेबाट धौलागिरि र माछापुच्छ«े हिमाली शृङ्खला पनि देख्न सकिन्छ । पर्यटन प्रवद्र्धनकै लागि होमस्टे नजिकै मदन भण्डारी पार्कसमेत निर्माण भएको छ । घुम्न आएका पाहुनाहरु यहाँ बसेर हिमाली दृश्य र रेशका अधिकांश बस्ती हेर्न सक्छन् । यहाँबाट बिहुँ, भीमापोखरा, पञ्चकोटसहितका क्षेत्र देखिन्छ ।
    वडाको बजेटबाट गत वर्ष बनाइएको यो पार्क सम्पन्न गर्न रु पाँच लाख मात्रै खर्च भएको लामिछानेले जानकारी दिनुभयो । “बिहान बेलुकी काम गरेर थाकेका स्थानीयवासीले थकाइ मार्न पनि पार्क पुग्ने गर्छन्”, स्थानीयवासी रनमाया थापाले भन्नुभयो, “यो पार्कले गाउँको मुहारै फेरिदिएको छ ।”
    यहाँ कम्पाउण्ड तारबार लगाएर घेरिएको छ । बीचमा पोखरी र पानीको फोहोरा राखिएकोले धेरैको आर्कषक बनेको हो । राष्ट्रिय झण्डा राखिएकोले फोटो खिच्नेका लागि पनि उपयोगी भएको छ ।
    वडाभित्रका पर्यटकीय गन्तव्य, मठमन्दिर र गाउँ जोड्ने पदमार्ग र सडकहरु स्तरीय बनाउनसमेत वडाले लगानी गरेको छ । सबै टोलमा पुग्ने स्तरीय सडक बनाइएकोले बर्सातमा पनि नियमित सवारी साधन सञ्चालन भएको लामिछानेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.