सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल ग्रामीण पुनर्निमाण संस्थाले ग-यो इच्छाकामनामा स्वास्थ्य सामाग्री सहयोग


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १७:३४ 
  •  चितवन, १३ असार । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आरआरएनले आइतबार गाउपालिकामा पुगेर सात लाख बत्तिस हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
    आज एक कार्यक्रमकावीच आर आर एनका प्रतिनिधि कृतिराज बुढाथोकीले गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।संस्थाले गाउँपालिका मार्फत इच्छाकामनामा रहेको दारेचोक स्वास्थ्य चौकीलाई उक्त सामाग्री प्रदान गरिनेछ । गाउँपालिकालाई सहयोग गरेको सामग्रीमा अटोमेटिक हेन्ड सेनिटाइजर ३ थान, फेस सिल्ड १३० थान, पल्स अक्सिमिटर ३० थान, पिपिई सेट १२० थान, सर्जिकल ग्लोब्स १२० थान, सर्जिकल मास्क १०० प्याकेट, सेनिटाइजर ४५ बोतल, आइसोलेसन किट ८० थानलगायतको सामग्री रहेको छ ।
    आरआरएनका प्रतिनिधी कृतिराज बुढाथोकीले इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई स्वास्थ सामग्री हस्तान्तरण गर्दै कोरोनाको बिरामी तथा कार्यलयका कर्मचारीको स्वास्थ्यमा सहयोग पुगोस भन्ने हेतुले गाउँपालिकालाई आवश्यक सामग्री सहयोग गरेको बताउनु भयो ।
    सामग्री बुझेपछि गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले कोरोना सङ्क्रमणको संकटकोे अवस्थामा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा आरआरएनलाई धन्यवाद दिँदै सहयोग सामग्रीले कोरोनाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठ,प्रबक्ता साबित्री गुरुङ्ग जनस्वास्थ्य अधिकृत हरी देवकोटा लगायतको उपस्थिती रहेको थियो ।यस अघि आर आर एनले चितवनको कालिका नगरपालिकालाई १० लाख ५३ हजार रुपैया र भरतपुर महानगरपालिका २९ नं वडालाई सत्तरी हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.