सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १७:०६ 
  • जम्मु, १३ असार  ।  भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् ।

    स्थानीय समय अनुसार बिहान १.४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ । दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो । “जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,” एक जना सुरक्षा अधिकारीले भने ।

    विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको उहाँले जानकारी दिनुभयो । घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि उहाँले बताउनुभयो । घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ । (रासस/पिटिआई)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.