सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोराले बुबामाथि धारिलो खुकुरी प्रहार गरी हत्या


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १६:०९ 
  • खोटाङ : धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गद्र्धनलगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

    आफूले प्रहार गरेको खुकुरीले बुबाको मृत्यु भएपछि फरार बनेका सुवर्णलाई सोल्माकै अल्छेढुङ्गाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    डाँका र हातहरियार मुद्दामा कैद सजाय भुक्तान गरेर घरैमा बसेका सुवर्णले दुई वर्षपछि बुबामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । विसं २०७१ असार १७ गते राति आँखामा टर्चको प्रकाशले हानेर अलमल्याउँदै साकेला गाउँपालिका–२ रतन्छा पिनालाखाका हरिजङ राईको सुन र नगद लुटपाटमा सुवर्णसहित चार जना संलग्न रहेको पुष्टिपछि उनी पक्राउ परेका थिए । मृतक चन्द्रबहादुर पनि स्थानीय बमबहादुर राईको हत्या गरेर कैद भुक्तानपछि घरैमा बस्दै आएका थिए ।

    विसं २०४५ भदौमा लाग्ने हरेलो मेलामा चन्द्रबहादुरसहित सात जनाले बमबहादुरको हत्या गरेको ठहरसहित अदालतको आदेशमा चन्द्रबहादुरसहित सात जनाले २० वर्ष कैद सजाय भुक्तान गरेका थिए । आफ्नै छोराको खुकुरी प्रहारबाट ज्यान गुमाएका मृतक चन्द्रबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । बुबाको हत्या गर्ने सुवर्ण चन्द्रबहादुरका एक्ला छोरा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.