सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिराले पाइप बगाउँदा खानेपानीको अभाव


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १५:१७ 
  • बैतडी : पहिराले खानेपानीको संरचनामा क्षति पुयाएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पु¥याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित भएका छन् ।

    गत शुक्रबारको पहिराले सूर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पुयाएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताउनुभयो । पहिराले खानेपानी लाइन करीब ३÷४ सय मिटरमा क्षति पु¥याएको छ ।

    बीस किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मुख्य लाइनमा क्षति पुगेपछि गाउँमा निकै समस्या भएको स्थानीय केशव भट्टले बताउनुभयो । खानेपानी पुनःसञ्चालन गर्न पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

    सरकारी कार्यालय बुधबारदेखि खुल्ने

    जिल्ला प्रशासन कार्यालयलगायत यहाँका सबै सरकारी कार्यालयले बारअनुसार सेवा दिने भएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएपछि बन्द गरेका जिल्लास्थित सबै सरकारी कार्यालयले आगामी बुधबारदेखि बारअनुसारका सेवा दिने भएका छन् ।

    कोरोनाको सङ्क्रमणदर बढेसँगै गत वैशाखदेखि बन्द भएका सेवा यही असार १६ गतेदेखि नियमित रुपमा पुनःसञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयसहित अन्य कार्यालयले दिने सेवा नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ । फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय भएको छ ।

    कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेकाले भीडभाड कम गर्न बारअनुसारको सेवा प्रवाह गर्न लागिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको भनाइ छ । जिल्लामा गत वैशाख २० गतेदेखि शुरु भएको निषेधाज्ञा यही असार १५ गते सकिँदैछ । कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म १८ व्यक्तिको मृत्यु भइसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.