सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १३:४३ 
  • मध्यपुरथिमि : महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ का वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गा.पा. २ घर भई हाल सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने वर्ष २९ का दिनेश तामाङ वाईबा र भक्तपुर–८ लिवालीका वर्ष २० का साइन भन्ने रमेश कोजु रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

    प्रहरीले चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल सुर्यविनायक–१० पलाँसे बस्ने वर्ष २३ का अविनाश तामाङ र दाङ लमही घर भई हाल पलाँसे नै बस्ने वर्ष २२ का आकाश मगरलाई पनि पक्राउ गरेको उहाँले बताउनुभयो । मोटरसाइकल तथा स्कुटर चोरी गरेर बिक्री गर्ने र नम्बर परिवर्तन गरेर आफैँले चलाउने गरेको पाइएको गिरीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.