सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १३:१४ 
  • काठमाडौँ : शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ ।

    प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मान २०७८ सालका लागि आख्यानकार केशरी (काठमाडौँ) लाई समर्पण गरिने प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिनुभयो ।

    यो सम्मानको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गर्नुभएको हो । यसैगरी अघिल्लो वर्ष सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित लेख रचनामध्ये पाठकमतबाट उत्कृष्ट ठहरिएका स्तम्भकार वा लेखकलाई समर्पण गरिने स्तम्भकार सम्मान २०७८ सालका लागि नेपाली भाषा–व्याकरणको संरक्षण–सम्वद्र्धनमा उल्लेख्य योगदान गर्नुभएकोमा शरच्चन्द्र वस्ती (सुनसरी) लाई समर्पण गरिने भएको छ ।

    यस सम्मानको आर्थिक व्यवस्थापन पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो । कुनै पनि विधाबाट राष्ट्रिय जागरणका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई समर्पण गरिने राष्ट्रझङ्कार सम्मान २०७८ सालका लागि चारै वेदलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गराउनुभएका लुइँटेल (तेह«थुम) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन साहित्यकार कृष्णहरि मैनालीले गर्नुभएको हो ।

    प्रकाशनले अन्वेषक भरत जङ्गम, प्रा डा नन्दीश अधिकारी र निर्मला श्रेष्ठलाई सम्मान गर्ने घोषणा एक महिनाअघि गरेको थियो । प्रकाशनले प्रत्येक वर्ष नौ जना स्रष्टालाई सम्मान गर्ने गरेकामा बाँकी तीनजनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ । छनोट समितिले चयन गरेका व्यक्तित्वलाई नै प्रकाशनले सम्मान समर्पण गर्ने गरेको छ । प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मानित व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी नाम छनोट गरेर नामावली उपलब्ध गराएका आधारमा घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

    उक्त समितिले शब्दयात्रा प्रकाशनबाट २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानबाट सम्मानित व्यक्तित्वमध्ये छ जनाको नाम छनोट गरेको छ । बाँकी तीन जनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।दोस्रो चरणमा पनि नौ गरी प्रकाशनले प्रत्येक वर्ष १८ जनालाई स्रष्टालाई सम्मान गर्ने गरेको छ । सम्मानपत्र र नगद रु पाँच हजार राशिसहित सम्मानित गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.