सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माइक्रोबसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १२:५२ 
  • विराटनगर : सुनसरीको कोशी गाउँपालिका- ८ मा तीन वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    आइतबार बिहान पूर्वपश्चिम राजमार्गको कोशी गाउँपालिका-८ खण्डमा माइक्रो बस ९हाइस०ले मोटरसाइकल र पिकअप भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हाइसले पूर्वतर्फ आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै सोही दिशाबाट आउँदै गरेको को१च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

    उनका अनुसार तीव्र गतिको हाइसको ठक्करबाट मोटसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअपका चालक विराटनगर- ७ का करीब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

    हाइस चालक नुवाकोट विदुर नगरपालिका- १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका- ११ का २५ वर्षीय नारायण बस्याल पनि सामान्य घाइते छन् । पानी परिरहेको समयमा तीव्र गतिमा हुइकिएका कारण दुर्घटना भएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.