सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियान


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १२:३९ 
  • तनहुँ, : व्यास नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमार्फत छोरीलाई सम्मान कार्यक्रम ल्याएको छ । विशेष गरी नगरपालिकाभित्रका आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायलाई सो अभियानले समेट्ने छ । बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, बोटे, दराई, कुमाल र चेपाङका छोरीलाई सम्मान गर्दै विवाहमा आर्थिक सहयोग समेत गरिने नगरपालिकाले जनाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सीमान्तकृत समुदायको उत्थानका लागि छोरी सम्मान कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । यसैगरी नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका बिपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गरिने छ ।

    उहाँले भन्नुभयो “स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षाको लागि सहयोग गरिनेछ ।” “महिलासँग उपप्रमुख कार्यक्रम’ अन्र्तगत गर्भवतीको पोषणको सहयोग गर्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानूनी उपचारको लागि सहयोग गरी उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

    उच्च शिक्षा अध्ययन गर्न आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलव्ध गराएर उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । नगरपालिकाले ‘निजी क्षेत्र एवं लगानीमैत्री’ नगरपालिका निर्माण गरी निजी साझेदारीको अवधारण अनुरुप मानहुँकोट, नारेश्वर ताल निर्माणलगायत योजनामा सहकार्य गर्ने भएको छ ।

    नगरपालिकाको बिहीबार सम्पन्न ३५औँ नगरसभाले नगरपालिकाको आर्थिक विकासका लागि ‘निजी क्षेत्रसँग नगरपालिका’ भन्ने कार्यक्रमको आयोजना गरी हरेक तीन महिनामा एक पटक स्थानीय व्यवसायी र जनप्रतिनिधिबीच अन्तरक्रिया गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । व्यास –५ को चिन्तुटार, व्यास–१० को माथिल्लो भतेरी, सिसौघारी हुँदै परेवा रहसम्मको सार्वजनिक बगर क्षेत्रलाई औद्योगिक ग्राम बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.