सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको हो : उपसभापति गच्छदार


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार ११:१३ 
  • काठमाडौँ, : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताउनुभएको छ ।

    लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो । “शीर्ष नेताहरुको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ”, उहाँले भन्नुभयो ।

    संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेस पार्टीसँग एकता गरेको उहाँको भनाइ थियो । पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने उहाँले बताउनुभयो । महाधिवेशनको मिति सारेर टार्ने अवस्था नरहेको उपसभापति गच्छदारको भनाइ थियो । काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले लोकतन्त्र बलियो बनाउनका लागि काग्रेस बलियो हुनुपर्ने बताउनुभयो ।

    “कांग्रेसभित्रको व्यवस्थापन कमजोर छ, यसलाई सुढृढ र गतिशील बनाउनका लागि कांग्रेसका सबै नेता तथा कार्यकर्ताको उत्तिकै दायित्व छ”, उहाँले भन्नुभयो । पूर्वमन्त्री खाँडले नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने अवस्था निर्माणमा नेतृत्व लाग्नुपर्ने बताउनुभयो । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए जनताको अधिकार कमजोर हुने उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नीति, कार्यक्रम र सक्षम नेतृत्वविना पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको उहाँको भनाइ थियो ।

    उहाँले पार्टीभित्रको गुट उपगुटको अन्त्यका लागि सबल नेतृत्व पार्टीलाई आवश्यक रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेस नेता डा गोविन्दराज पोखरेलले कांग्रेसभित्रको आगामी नीति र नेतृत्व कस्तो हुन्छ भन्ने बारेमा बहस हुनु जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले कांग्रेसले आगामी महाधिवेशनलाई सहमति, सहकार्य र एकताको महाधिवेशन बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सभापति र प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको बताउनुभयो । यसअघि उक्त अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ । आगामी दिनमा कर्णाली र सूदुुरपश्चिम प्रदेशमा सञ्चालन गरिने डा सङ्ग्रौलाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.