सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कौसी खेतीमा रमाउँदै गृहिणीहरु


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार ११:०८ 
  • चितवन : भरतपुर महानगरपालिका–११ दीपज्योति टोल सुधार संस्था छिरेपछि यतिबेला सबैको घरमाथि तरकारी खेती देख्न सकिन्छ । तरकारी लगाउने जग्गा नभएपछि स्थानीय महिलाहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् । बाहिरबाट हेर्दा पनि लोभलाग्दो देखिने गरी दीपज्योति आमा समूहका महिलाहरुले तरकारी खेती गर्दै आएका छन् ।

    स्थानीयवासी सुनिता कार्की आफ्नो फुर्सदको समयमा कौसीमै बिताउँदै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरको काम धन्दा सकिएपछि दिन कटाउने बाटो भएको छ । तरकारी किनेर खान पनि परेको छैन ।” कौसीमा तरकारी लगाएदेखि दैनिकी कटाउन र घरका लागि आवश्यक तरकारी पर्याप्त मात्रामा पुग्ने गरेको उहाँले बताउनुभयो । विगत एक वर्षदेखि कौसीमा तरकारी लगाउँदै आउनुभएकी कार्की अहिले तरकारी किन्न जाने समय र तरकारी किन्ने पैसाको समेत बचत भएको बताउनुहुन्छ । तरकारी किन्ने पैसा अन्य क्षेत्रमा लगानी गरेको उहाँले जानकारी दिनुभयो ।

    सोही टोलकी विष्णु आचार्यको फुर्सदको समय तरकारी गोड्ने, पानी हाल्ने र मल राख्नेमै बित्छ । उहाँले घरको छतमा तरकारी लगाउनुभएको छ । उहाँको कौसीमा बोडी, काँक्रो, साग, घिरौँला, कागतीलगायतका तरकारी रहेका छन् । उहाँको बिहान बेलुका घरको कामबाहेक अन्य समयमा कौसीमा काम गरेर बित्छ । घरमै उत्पादन भएको प्राङ्गारिक तरकारी खान पाइने र समयको बचत हुने गरेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “तरकारी किन्न जाँदा अन्य सामान पनि किनिने गरेको भए पनि अहिले बजारको तरकारी किन्नु परेको छैन ।” अर्चना देवकोटा मरहठ्ठाको बिहान बेलुकाको समयले मात्रै आफूलाई पुग्ने तरकारी उत्पादन हुँदै आएको छ । शुरुआतमा केही समस्या हुन्छ कि भन्ने लागेको भए पनि अहिले तरकारी खेती व्यवस्थित गर्न सके आफूलाई आवश्यक पर्ने मात्र नभई थोरै थोरै बिक्री गरेर नुनतेल खानेसम्म पुग्ने उहाँ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “बजारको तरकारीमा कति विषादी हुन्छ थाहा हुँदैन । आफूले लगाएको ताजा र कम बिषादी प्रयोग भएको तरकारी खान पाइएको छ ।” तरकारीको मौसममा नुन तेल खर्चसमेत तरकारी बिक्री गरेर पुग्ने उहाँको भनाइ छ । अहिले उहाँको कौसीमा बोडी, काँक्रो, खुर्सानी, भिन्डी करेलालगायतका तरकारी खानका लागि तयारी अवस्थामा रहेका छन् । थोरै ठाउँमा भए पनि आफूलाई पर्याप्त तरकारी उत्पादन भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “बर्सातको समयमा पानी तालियर केही खेती नहुने ठाउँमा कौसीमा तरकारी लगाएर खाँदै आएका छौ ।” दीपज्योति आमा समूहमा रहेका ४५ महिलाले अहिले तरकारी खेती गरिरहेका छन् ।

    तीमध्ये गत वर्षदेखि गर्दै आएका २५ र अहिले नयाँ शुरु गरेका २० जना रहेको आमा समूहका अध्यक्ष महेश्वरी राईले बताउनुभयो । कौसी खेती गर्न लागेपछि यस टोलका महिलालाई तरकारी किन्न जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । “अहिले यहाँका महिला दिदीबहिनीले प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो । दीपज्योति टोल विकास संस्थाका उपाध्यक्ष शुभद्रा रेग्मी कृषि ज्ञान केन्द्र भरतपुरको ५० प्रतिशत अनुदानमा कौसी खेती कार्यक्रम गरिएको बताउनुहुन्छ । अहिले टोल विकास संस्थामा आबद्ध २०५ घरधुरी रहेको र यी सबै घरमा कौसी खेती पुयाउने योजनाअनुसार काम अघि बढेको उहाँको भनाइ छ । ज्ञान केन्द्रका प्रमुख राजन ढकाल २५ जनाभन्दा बढीको समूह बनाएर आएमा केन्द्रले अनुदान दिने बताउनुभयो ।

    समूहमा आउनेमध्ये प्रतिव्यक्ति रु १० हजारसम्म अनुदानको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । दैनिक उपभोग गर्ने खुर्सानी, धनियाँ जस्ता तरकारी थप उपयोगी हुने उहाँको भनाइ छ । जग्गा खण्डीकरण भएर सानो सानो टुक्रा भइरहेको समयमा यो प्रभावकारी हुने ढकालले बताउनुभयो । यसले हरियाली र घरको सुन्दरता बढाउने उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.