सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माथिल्लो तामाकोसीबाट बिजुलीको परीक्षण उत्पादन आगामी साता


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १०:४५ 
  • काठमाडौं : राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ ।

    शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ । त्यसपछि बिजुलीको परीक्षण उत्पादन सुरु हुने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

    भदौ महिनापछि पूर्णक्षमतामा बिजुली उत्पादन

    माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको छ । आयोजनाका ६ वटा युनिटहरुमध्ये आगामी साता पहिलो युनिटबाट ७६ मेगावाट बिजुलीको परीक्षण उत्पादन गरिने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

    ‘त्यसपछि अर्को युनिटबाट असार महिना पछाडि थप ७६ मेगावाट बिजुली परीक्षण उत्पादन गर्छौं’, न्यौपानेले भने, ‘भदौ महिनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन सुरु गर्ने तयारीमा छौं ।’

    माथिल्लो तामाकोसीबाट उत्पादित बिजुलीलाई नयाँ खिम्ती सबस्टेशनबाट राष्ट्रिय प्रसारणमा जोडिने छ । यसअघि नयाँ खिम्ती सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको नयाँ सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ । तामाकोसी करिडोरका सबै बिजुली नयाँ खिम्ती सबस्टेशनबाटै राष्ट्रिय प्रसारणमा जोडिने छ ।

    आज बिहानबाट खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द

    नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका आइतबार बिहानदेखि खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिएको छ । खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन असार १९ गतेसम्म बन्द रहने छ ।

    यो प्रसारण लाइन बन्द हुँदा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनसक्ने प्राधिकरणले जनाएको छ । विद्युत कटौती हुँदा काठमाडौँ उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् ।

    यो परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी व्यवस्थापन नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.