माडी १२ असार । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई, भरतपुर, चितवनमार्फत रिउ नदी प्रणाली अन्तर्गत माडी क्षेत्रमा गत वर्ष र यस आर्थिक वर्षमा सम्पन्न भएका र सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमहरुको अनुगमन निरीक्षण कार्य आज शनिबार सम्पन्न भएको छ ।राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलको नेतृत्वमा गएको टोलीले माडी नगरपालिकाका वडा नं ४, ६, ७ र ८ मा सञ्चालित गल्छी पहिरो, खहरे रोकथाम, नदी किनार स्तरीकरण लगायत विभिन्न कार्यक्रमहरुको अनुगमन निरीक्षण गरेको हो ।
अनुगमन निरीक्षण टोलीका प्रमुख डा किरण पौडेलले माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललगायत उपभोक्ता समिति र सरोकारवाला निकायसँग भेट गरी माडीमा सञ्चालित चुरे संरक्षण कार्यक्रम र आगामी कार्यदिशाको बारेमासमेत छलफल गर्नुभएको थियो ।
अनुगमन निरीक्षण टोलीमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका योजना प्रमुख शरदबाबु पंगेनी, इकाई प्रमुख रामहरि पन्थ, स्थानीय जनप्रतिनिधि, कार्य समितिका सदस्य, स्थानीय उपभोक्ता समितिलगायतको सहभागिता रहेको थियो ।