सात हजार पाँच सयलाई खाना खुवाएपछि समापन भयो ‘बचौं र बचाऔं अभियान’
न्युजभित्तो/१२ असार २०७८, शनिबार २०:३३
चितवन, १२ असार । जिल्लाका ६ जना पेशागत युवाहरुले शुरु गरेको “बचौं र बचाऔं –एक आशाको किरण” अभियान ७ हजार ५ सय जनालाई खाना खुवाएपछि समापन गरिएको छ । भरतपुरको चौबीसकोठीमा दीप प्रज्ज्वलन गरी आज कार्यक्रमको समापन गरिएको हो ।
पेशागत युवाहरुले गत जेठ १२ गतेबाट शुरु गरेको अभियानमा असार १० गतेसम्म एक महिना सञ्चालन भएको थियो ।
अभियान अन्तर्गत भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का कोभिड–१९ (कोरोना) बिरामी, कुरुवा, स्वास्थ्यकर्मीहरुलाई निःशुल्क रात्रीकालिन खाना वितरण गरिएको हो । हरेक दिन साँझ सात बजे तीन वटा अस्पतालमा बिर्यानी वितरण गरिएको अभियान्ताहरुले बताए । अभियान अन्तर्गत ७ लाख २ हजार रुपैयाँ खर्च भएको छ भने ७ लाख १७ हजार रुपैयाँ सहयोग जम्मा भएको थियो । बाँकी रहेको १५ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयको राहात कोषमा जम्मा गरिने भएको छ ।
अभियान अन्तर्गत खाद्यान्न सामग्री वितरण र खुल्ला रक्तदान कार्यक्रम समेत गरिएको थियो । अभियानमा अन्य संघ संस्थाहरु पनि सहभागी भएका थिए । नारायणगढ जेसिज, चितवन अटोमोबाईल्स डिलर्स एसोसिएसन, समाज कल्याण सहकारी संस्था, नेपाल मेटल ईञ्जिनियरिङ फेब्रिक उद्योग समिति अभियानमा समाहित भएका थिए ।
बिरामी, कुरुवा र स्वास्थ्यकर्मी भोकै सुत्न नपरोस् भनेर अभियान सञ्चालन गरिएको उनीहरुले बताए । कोभिडको संक्रमण घट्दै गएको र निषेधाज्ञा पनि हट्दै गएका कारण अभियान समापन गरिएको हो ।