सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीडीओको नक्कली फेसबुक बनाएर पैसा मागिएपछि…


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १७:१२ 
  • कञ्चनपुर  : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बिर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।

    “नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको छ”, प्रजिअ महतोले भने, “पैसा माग गरेको कुरा धेरै जनाले स्क्रिन सट गरेर मलाई पठाएका छन्, आज बिहान खोल्दा खुलेको छैन, डिएक्टिभ भए जस्तो छ ।” फेक आइडी बनाई अवैध रुपमा रकम माग गर्नेविरुद्ध आज साइबर ब्यूरोमा उजूरी हाल्न लागेको उनले बताए ।

    “अज्ञात व्यक्तिले मेरो तस्बीर राखी नक्कली फेसबुक एकाउन्ट खोलेको देखिन्छ, फेक आइडीबाट विभिन्न व्यक्तिबाट रकम माग गरेको समेत जानकारीमा आयो”, उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “यस आइडीलाई ब्लक गर्न हुन, फ्रेन्ड रिक्वेस्ट आएमा नगर्न हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न हुन अनुरोध गर्दछु, यस एकाउन्ट सम्बन्धमा आवश्यक कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको छु ।”

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले नक्कली (फेक) फेसबुक आइडी कुन ठाउँबाट जेनेरेट भएको भन्ने कुरा जिल्ला लेबलबाट हेर्न सम्भव नहुने बताए । “फेक फेसबुक आइडी बनाएर धेरै जनालाई भिक्टिम बनाएको पाइएको छ”, उनले भने, “विदेशबाट पनि जेनेरेट भएको हुन सक्छ, यस्तो कार्य साइबर ब्यूरोले हेर्ने गरेको छ ।”

        साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कार्वाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई रु एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.