सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालसुधार गृहबाट हामफालेर ३ जना भागे


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १६:५२ 
  •  विराटनगर : विराटनगरस्थित बालसुधार गृहमा राखिएका चार जना बाल बिझ्याइँकर्ता भागेका छन् । उनीहरु तीन तलामाथिबाट हामफालेका प्रहरीले जनाएको छ । उनीहरुमध्ये एक जना पुनःपक्राउ परेका छन् भने अरु तीन जना फरार छन् ।

    बालसुधार गृहका प्रमुख मिलन चौहानका अनुसार भाग्दाभाग्दै पक्राउ परेका बालक झापाका हुन् । उनीमाथि जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला सुनाइएको छ । सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएका तीन जना बालक अझै भेटिएका छैनन् ।

    शनिबार बिहान करिब ३ बजे उनीहरु चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको उनले बताए । भागेकामध्ये दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि बालसुधार गृहमा थिए । अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

    फरार भएकामध्ये एक जनालाई भने विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पुर्पक्षका लागि राखिको थियो भने । प्रहरीको सहयोगमा भागेका तीनै जनाको खोजी तीव्र पारिएको चौहानले बताए । चौहानले कोरोनामुक्त भएपछि तत्काललाई छुट्टै हलमा राखिएको अवस्थामा बालविझ्याँइकर्ता भागेको बताए ।

    प्रदेश १ मा बालबिझ्याइँ र कानुनी द्वन्द्वमा मुछिएका बालकहरुलाई राख्नका लागि विराटनगरमा ५० जना क्षमताको बालसुधार गृह छ । तर अहिले गृहमा चार गुणा बढी एक सय ९५ जनालाई राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.