सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘प्रदेश नं २ चिकित्सा विज्ञानको केन्द्र बन्ने’


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १६:११ 
  • सप्तरी,  : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताउनुभयो ।

    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उहाँले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठानहरु स्थापना भएको बताउनुभयो ।

    रामराजा प्रतिष्ठानको जग्गा विवादको समस्या भर्खरै समाधान भई काम अगाडि बढेकामा खुशी व्यक्त गर्दै उहाँले डिपिआरपछि प्रतिष्ठान निर्माण कार्य शुरु हुने विश्वास व्यक्त गर्नुभयो । अन्य शिक्षाभन्दा मेडिकल शिक्षाको माग बढेको बेला प्रतिष्ठान स्थापनाले आफ्नै ठाउँमा डाक्टर उत्पादन हुने तथा नेपाल र भारतका सेवाग्राहीको आगमनले व्यापार वृद्धि भई विकासको गति बढ्ने यादवले बताउनुभयो ।

    कोभिड–१९ को तेस्रो लहर बढी खतरनाक हुने भएकाले स्वास्थ्य उपकरणको जोहो गर्न जरुरी रहेको जनाउँदै उहाँले अभाव नहोस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष यादवले अस्पताललाई ७० कार्टुन के९५ मास्क र नौवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झालाई सामग्री हस्तान्तरण गर्दै उहाँले जनशक्ति र साधनस्रोतको कमी रहेकाले स्वास्थ्य चेतनाको बढी जरुरी रहेको बताउनुभयो ।

    उहाँले विकासका लागि स्वास्थ्य, यातायात र सञ्चारलाई तराईदेखि पहाडसम्म जोड्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा प्रदेशका उपसभामुख उपमा देव, भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वशिक्षामन्त्री रेणु यादव, राजविराज नगरप्रमुख शम्भुप्रसाद यादव लगायत जसपाका नेताको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.