सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ङिस्याङमा खाद्यान्न अभाव


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १५:३४ 
  • मनाङ : अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको छ । जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरुले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपद्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिनुभयो ।

    पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम र दैनिक ढुवानी हुने हुँदा होटेल व्यवसायीले खाद्यान्न भण्डारण गर्ने गरेकाले अहिले समस्या परेको गुरुङले बताउनुभयो । बाढीपहिराले जिल्लाका एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन ।

    त्यसैले खाद्य सामग्री अभाव हुँदै गएको बताइएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह कम हुने अवस्था छैन । वर्षा हालसम्म पनि निरन्तर रहेकाले माथिल्लो मनाङमा बाढीको प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । बाढीपहिरो जिल्लाका प्रायः सडक अवरुद्ध छन् ।

    अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि सफल हुन नसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । जिल्लामा केही मात्रामा खाद्यवस्तु भण्डारण रहेको उहाँले बताउनुभयो । “सडक अवरुद्ध हुँदा केही भण्डारमा रहेको खाद्यसामग्री अभाव भएको स्थानमा पुयाउन सकिएको छैन”, उहाँले भन्नुभयो । विगतमा दैनिक रुपमा खाद्यसामग्री ल्याउन सहज हुँदा र भण्डारण नगरिँदा अहिले समस्या सिर्जना भएको हो । कोरोना कहरले गर्दा खाद्यान्न ढुवानीसमेत कम भएकाले हाल अभाव भएको स्थानीयवासीको भनाइ छ ।

    भविष्यमा हुन सक्ने सम्भाव्यतालाई दृष्टिगत गर्दै भण्डारण नगर्दा विपद्मा समस्या भएको उनीहरुको भनाइ छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि पैदल यात्राबाट पुग्ने अवस्था नभएर हेलिकप्टरको सहारामा मात्रै सामग्री आदानप्रदान र पुग्न सक्ने अवस्था रहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.