सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकी प्रदेशका विनाविभागीय ४ मन्त्रीको मन्त्रालय टुंगो लाग्यो


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १५:१६ 
  • कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । मन्त्रालयको भागबण्डाका क्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीबीच विवाद बढेपछि गत जेठ २९ गते नियुक्त भएका ४ जना मन्त्रीले हालसम्म पनि जिम्मेवारी पाएका थिएनन् ।

    प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले विनाविभागीय ४ जना मन्त्रीलाई तत्कालका लागि विभिन्न मन्त्रालयको जिम्मेवारी दिएर अगाडि बढ्न लागेको बताए । उनले संसदमा पेश भएको बजेट माथिको छलफल चलाउन ढिलाइ भएकाले तत्काल विना विभागीयमा नियुक्त भएका मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएर अगाडी बढ्न लागेको बताए ।

    उनले अहिले मुख्यमन्त्री सहित ५ जना मन्त्रीलाई विभिन्न मन्त्रालयका जिम्मेवारी दिएर बजेटमाथिको छलफल टुङ्ग्याएपछि मात्र मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।

    मन्त्री खड्काले विनाविभागीय मन्त्रीहरुको कार्यविभाजन बारेमा दलहरुबीच सहमति भइसकेको बताए । तीन दलबीच भएको सहमति अनुसार तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय जिम्मेवारी सम्हाल्ने भएका छन् । काँग्रेसबाट मन्त्री बनेका खड्काले सरकारमा अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एकमा दावी गरेका थिए ।

    यसैगरी माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका जिम्मेवारी पाउने भएका छन् । यसअघि उनले अर्थ मन्त्रालय पाउनुपर्ने दावी गरेका थिए ।

    मुख्यमन्त्री पोखरेल र मन्त्री हरिशरण आचार्य बीचको सहमति कार्यान्वयन गर्नु पर्ने दवावका कारण लामो समयसम्म मन्त्रालयको भागबण्डा रोकिएको थियो । लामो समयसम्म मन्त्रालयका वारेमा विवाद तीव्ररूपमा चुलिएपछि आचार्यले उक्त मन्त्रालयको दाबी छाडेका छन् ।

    अर्का बिना विभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । नयाँ गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलेका मनाङेले यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गरेका थिए ।

    प्रवक्ता खड्काले सवै पार्टीको चाहना बढी भन्दा बढी जनतासँग जोडिन सकिने मन्त्रालय समाल्ने भएका कारण टुङ्गो लगाउन समय लागेको बताए । ‘दलहरुबीचको सौहार्दपूर्ण छलफल भएको छ, नेतासंग प्रत्यक्ष सहभागिता रहने मन्त्रालयमा क्षमता प्रदर्शन गरेर काम गर्ने दलको चाहना भएकाले मन्त्रालयको जिम्मेवारी तोक्न ढिलो भएको हो,’उनले भने,‘अब पहिलो चरणमा विनाविभागीय मन्त्रीलाई विभाग तोकेर बजेटको छलफल टुंङ्गाएपछि छिट्टै अरु मन्त्रालयको पनि टुङ्गो लगाउँछौ ।’

    उनले शुक्रबार नै दलहरुवीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति कायम भएको भएपनि कार्यालय समय सकिएकाले औपचारिकता दिन नसकिएको बताए । ‘तीन पार्टीबीच मन्त्रीहरुको जिम्मेवारी बाँडफाँडमा शुक्रबार साँझ सहमति भएको छ,’ उनले भने, ‘मन्त्रालय वाँफफाँडको सहमति पछि आज शनिवार भएकाले प्रदेश प्रमुखकोमा गएनौं, आइतबार बिहान जान्छौ।’

    गण्डकी प्रदेशका ११ मन्त्रालय रहेका छन् । अन्य मन्त्रालयमा भागबण्डा नमिल्दा नियुक्ति हुन सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.