सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १४:०७ 
  • बझाङ : सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् ।

    नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन् ।

    वर्षा याममा भविभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक सुन्दरसिंह धामीले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बर्खा लाग्ने बितिकै चुहिने, तथा हावा लागेको बेला ढुङ्गा खस्ने डर लाग्छ । सामान्य वर्षा हुँदा पनि पानी चुहिने ठाउँमा थाल, कचौरा समातेर बस्नुपर्छ । पानीले ओछ्यान भिजेर सुत्न सकिंदैन ।

    तीन-चार दिनसम्म चिसै लुगा लगाउनुपर्ने बाध्यता छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ ।” जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित अवस्थामा रहनु परेको उहाँको भनाइ छ । भवनको भित्ताबाट माटो र कुहिएको काठ खस्ने गरेको उहाँ बताउनुहुन्छ । बेलाबेला विषालु सर्पभित्रै आउने हुँदा राति निदाउन नसकिने प्रहरी जवान गोविन्दप्रसाद जोशीले थप्नुभयो ।

    उहाँ भन्नुहुन्छ, “मुसाले प्रहरीको युनिफर्म काटिदिनु सामान्य जस्तै भइसकेको छ । हावाहुरी आउँदा घरसँगै उडाउने चिन्ता लाग्छ ।” भान्सामा पानी भरिभराउ हुँदा खाद्यान्न बिग्रने गरेको छ । भवनमा झ्याल नहुँदा जाडोमा चिसोले सताउँछ ।” विमानस्थलमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन, उनीहरूले क्षमताभन्दा दोब्बर काम गर्नुपर्ने अर्को समस्या पनि छ । विमानस्थल, सिमखेत चेक पोष्ट, र पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । विमानस्थल सुरक्षाको लागि १५ जनाको दरबन्दी रहेको भएपनि हाल ११ जना कार्यरत रहेका छन् ।

    एकातर्फ विमानस्थलको डिउटी गर्नुपर्ने, अर्कातर्फ वडा नं ५, ६, ७, ८ र ९ को शान्ति सुरक्षा हेर्नुपर्ने हुँदा भ्याइ नभ्याइ हुन्छ । गाउँहरुमा कतै झैझगडा भएमा वा प्राकृतिक विपद् भएमा तुरुन्तै पुग्नु पर्ने बाध्यता रहेको छ । विमानस्थलकै प्रहरीले नगरपालिकाको सिमाना तमैल बजारसम्म हेर्नु पर्ने बाध्यता रहेको छ ।

    बर्खा याममा पानी परेको बेला ग्रामीण सडकमा गाडी नजाने र गाउँहरु छरिएकाले हिडेर जानुपर्ने भएकाले तथा प्रहरी जनशक्ति कम भएको प्रनानि धामीले बताउनुहुन्छ । भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको उहाँको भनाइ छ । देवल विमानस्थल सुरक्षा समितिले जीर्ण भवनको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको भएपनि अहिलेसम्म कुनै जानकारी नआएको जानकारी दिएको छ । जिल्लाभरिका लागि ३७४ जनाको दरबन्दी रहको भए पनि दरबन्दी अनुसारका प्रहरी छैनन् ।

    अहिले ३४३ जना मात्र कार्यरत रहेकाले प्रहरी व्यवस्थापनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जनशक्ति कम र भूगोल तथा छरिएका बस्ती भएकाले सुरक्षा व्यवस्था मिलाउन समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँले विमानस्थल सुरक्षाको लागि थप प्रहरी टोलीको व्यवस्थापन गर्न आवश्यक महशूस भएपनि बस्ने बासस्थानको उचित व्यवस्थापन नहुँदा प्रहरीको सङ्ख्या थप्न नसकेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.