सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १३:१४ 
  • काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ ।

    यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो ।

    आयोगले पछिल्लो समयमा व्यक्तिलाई पक्राउ गरी जानकारी लिने वा साविती गराउने नाममा जुम्ला, रौतहट, चितवनलगायतका जिल्लाहरुमा यातनाका कारण मृत्यु भएको भनी उजुरी आएको बताएको छ ।

    अनुगमनको क्रममा देशका सबैजसो कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा सरसफाइ, खानेपानीलगायतमा देखिएको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

    सशस्त्र द्वन्द्वको समयमा यातनाबाट हजारौं व्यक्ति पीडित भएको भन्दै आयोगले पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको लागि सरकारलाई सिफारिस गरेपनि पीडिते क्षतिपूर्ति पाएको तर दोषीलाइ कारबाही अत्यन्तै न्युनमात्र भएको बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.