सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेतमा पानी लगाउने विषयमा रौतहटको मौलापुरमा झडप, १५ जना घाइते


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १३:१० 
  • रौतहट : रौतहटको मौलापुरमा शनिबार बिहान खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

    मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

    एसपी शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए । ‘घटनामा संलग्न सबै घाइते भएका छन् । अहिले सबैको अवस्था खतरामुक्त छ, उपचार भैरहेको छ,’ एसपी शाहले भने ।

    दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य भैसकेको एसपी शाहले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.