सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १२:२१ 
  • काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ ।

    सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।
    निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार  बिद्युत आपूर्ति गरिने जनाइएको छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म बिद्युत कटौती कम गर्ने प्रयासमा रहेको प्राधिकरणले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.