सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोलुदूधकुण्डद्वारा बनाइयो स्थानीय पाठ्यक्रम


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १२:०९ 
  • सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । नगरपालिकाको भूगोल, पहिचान, जातजाति, भाषाभाषी, खानपान, रहनसहन, मौसम, पर्यटन, प्राकृतिक सम्पदा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारजस्ता विषयलाई समावेश गरेर स्थानीय पाठ्यक्रम बनाएको नगरपालिकाले जनाएको छ ।

    पाठ्क्रम निर्माण समितिका संयोजक एवं सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले शुक्रबार सो पाठ्यक्रम नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पालाई हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा नगरपालिकाका प्रमुख शेर्पाले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको र यसलाई आगामी आर्थिक वर्षदेखि लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नगरभित्रका सबै समुदाय, भाषाभाषी, जातजाति र भेषभूषालाई प्रतिनिधित्व हुने गरी विज्ञ व्यक्तिको संलग्नतामा पाठ्यक्रम निर्माण भएकाले यसबाट बालबालिकाले स्थानीय ज्ञान सीप सिक्ने विश्वास व्यक्त गर्नुभयो ।

    पाठ्क्रम निर्माण समितिका संयोजक शर्माले नगरपालिको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षालगायत विषयलाई समावेश गरेर पाठ्यक्रम तयार गरिएकाले यो सबैको साझा हुने दाबी गर्नुभयो । यो पाठ्क्रम नगर शिक्षा समितिको बैठक बसेर अनुमोदन गराई आगामी शैक्षिक सत्रबाट लागू गरिने नगरपालिकाका शिक्षा अधिकृत गोपालराज भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा शिक्षकलाई अध्ययन गर्न दिइने छ ।

    त्यसपछि मात्र पठ्यपुस्तक छपाएर विद्यालयमा पठाइने छ । कार्यक्रममा नगरपालिकाका उपप्रमुख कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत लालबाबु कवारी, प्रवक्ता शारदामाया तामाङ र नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्यहरुको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.