सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्गमको स्वास्थ्य एकाइमा अक्सिजनसहित सेवा


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १२:०६ 
  • बलेवा : बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य एकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी हर्षित बनेका छन् । गलकोट–४ मा रहेको स्वास्थ्य एकाइमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो ।

    गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य एकाइमा अक्सिजन सेवा शुरु भएको नगरपालिकाले जनाएको छ । सामान्य भवनमा सञ्चालनमा रहेको स्वास्थ्य एकाइमै अक्सिजनको व्यवस्थापन भएपछि वडावासी खुशी भएका छन् ।

    सीमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ एकाइका लागि सुविधासम्पन्न भवन बनिसके पनि केही काम बाँकी रहेको छ । वडाध्यक्ष बलबहादुर खत्री र नरेठांटी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट जगन्नाथ सुवेदीको पहल र दाताको सहयोगमा गाउँमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो । डा डिलबहादुर थोकर लामाले बोधिसत्वा विहारसँगको सहकार्यमा स्वास्थ्य एकाइलाई अक्सिजन मेशिन उपलब्ध गराउनुभएको हो । कोरोना महामारीलाई दृष्टिगत गर्दै अक्सिजन मेशिन, पल्स अक्सिमिटर, स्यानिटाइजर, पिपिई सेट तथा अत्यावश्यक औषधि र उपकरण स्वास्थ्य एकाइलाई प्राप्त भएको छ ।

    करीब रु चार लाख बराबरको स्वास्थ्य सामग्री र उपकरण प्राप्त भई हस्तान्तरण गरिएको खत्रीले जानकारी दिनुभयो । करार सेवाका दुई स्वास्थ्यकर्मी र सीमित औषधि मात्र भएको स्वास्थ्य एकाइ थप सबल बनेकामा खत्रीले खुशी व्यक्त गर्नुभयोे । सीमित स्रोत साधनमा असुरक्षित भएरै भए पनि जनताको सेवा गरिरहेको जनाउँदै हेल्थ असिसटेन्ट जगन्नाथ सुवेदीले अक्सिजन मेशिनलगायत स्वास्थ सामग्री र औषधि प्राप्त भएसँगै सेवामा खट्न थप उत्साह मिलेको बताउनुभयो ।

    उक्त स्वास्थ्य सामग्री उपलब्ध गराउने बोधिसत्वा विहार र चिकित्सक थोकर लामाले आगामी दिनमा एम्बुलेन्स तथा भिडियो एक्स–रे मेशिनसमेत उपलब्ध गराउने वचन दिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो । श्वासप्रश्वासका बिरामी धेरै भएको र कहिलेकाहीँ जटिल समस्या भएर निजी अस्पतालमा महँगो शुल्क तिरेर अक्सिजन लगाउन जान पर्ने बाध्यता हटेको वडा सदस्य रुद्र सुवेदीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.