सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

३० खेलयता अपराजित छ इटली, यस्तो थियो अन्य टिमको अपराजित यात्रा


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १६:५० 
  • काठमाडौं  : पछिल्लो पटक २०१८ सेप्टेम्बरमा युइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग इटली १–० ले पराजित भएको थियो । त्यसयता रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको टोलीले कुनै खेल हारेको छैन । युरोकपमा समूह चरणका सबै खेल जितेर इटली अन्तिम १६ मा छनोट भएको छ । तीनवटा खेलमा ७ गोल गरेको इटलीले बदलामा कुनै गोल खाएन । युरोकपको समूह चरणमा इटली र इङल्यान्डमात्रै गोल नखाने टोली हुन् ।

    इटली अहिले ३० खेलको अपराजित यात्रामा छ । उसले पछिल्ला ११ खेलदेखि कुनै गोल खाएको छैन । चार पटकको विश्वविजेता अहिले आफ्नै कीर्तिमान तोड्न संघारमा छ । अष्ट्रियाविरुद्ध युरोकपको अन्तिम १६ को खेल जित्न सके उसले १९३० को दशकमा कोरिएको आफ्नै कीर्तिमान भंग गर्नेछ । १९३५ देखि १९३९ सम्म पनि इटली ३० खेलसम्म अपराजित थियो । त्यतिबेला भिट्टोरियो पोज्जो इटलीका प्रशिक्षक थिए । यस अवधिमा इटलीले १९३८ को विश्वकप उपाधि र १९३६ को ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो ।

    नयाँ रेकर्ड बनाउने तयारीमा​ इटलीका खेलाडीहरु जुटिरहेका छन् । तर सर्वाधिक धेरै खेलसम्म अपराजित रहने टोलीको सूचीमा इटली पहिलो भने होइन । यो सूचीमा ब्राजिल र स्पेन पहिलो नम्बरमा छन् । १९९३ देखि १९९६ सम्म ब्राजिल ३५ खेलमा अपराजित थियो । २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमै अपराजित थियो ।

    त्यसैगरी, १९९१ देखि १९९३ सम्म ३१ खेलमा अर्जेन्टिना अपराजित थियो । १९३५ देखि १९३९ सम्म इटली ३० खेलमा अपराजित थियो भने अहिले टोली २०१८ यता ३० खेलमा अपराजित छ । १९९४ देखि १९९६ सम्म फ्रान्स पनि ३० खेलमा अपराजित थियो । २०१८ यता लामो समय अपराजित रहने इटली एक्लो होइन । यही समय अल्जेरीया पनि अपराजित अवस्थामा छ । अल्जेरीयाको अपराजित खेल संख्या २७ पुगिसकेको छ । १९७८ देखि १९८१ सम्म जर्मनी २३ खेलमा अपराजित थियो । त्यसैगरी २०१० देखि २०१२ सम्म फ्रान्स २३ खेलमा अपराजित रह्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.