सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञाको ४५ दिन : चितवनमा करिब २१ लाख लिटर दूध नोक्सान


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १६:२८ 
  • चितवन, : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाले चितवनका दुग्ध किसानहरु मारमा परेका छन् । डेरी उद्योगहरु दूध खपत नगरेपछि स्थानीयस्तरमा संचालित सहकारीहरुले पनि दूध संकलन गर्न छोडेको थियो । जसले गर्दा किसानहरुको दूध खेर गएको चितवन जिल्ल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।

    संघले आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै दुग्ध किसानहरु निषेधाज्ञाले मारमा परेकाले सरकारको ध्यानाकर्षण गराएको थियो । संघका सचिव किशोर बगालेले भने–‘दूग्ध किसान अहिले चौतर्फी मारमा छन्, एक त दूध विक्री नहुनु र अर्कोतर्फ केही उद्योग र विचौलीहरुले मौकामा चौका हान्दै कम मूल्यमा किसानहरुबाट जबरजस्ती दूध संकलन गरिरहेका छन् ।’ समस्या देखाएर किसानबाट जबरजस्ती कम मूल्यमा दूध खरिद गर्ने तर उपभोक्तालाई महंगो मूल्यमा बेच्ने काम भइरहेको बगालेले बताए । ‘किसानबाट कम मूल्यमा खरिद गरेर उपभोक्ताले पनि कम मूल्यमा पाए त राम्रो हुन्थ्यो तर त्यस्तो हुन नसक्दा हामी सबै किसान दुखी छौँ’–सचिव बगालेले भने ।

    संघका अनुसार चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । जसबाट ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैया नोक्सान भएको छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुनुपर्दथ्यो । यसबेला दूधको सबैभन्दा बढी खपत हुने बेला पनि हो ।

    चितवनमा ११० वटा सहकारी मार्फत दूध संकलन भएर विक्री हुने गरेको छ । निषेधाज्ञाका कारण २ वटा सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी २०–२५ दिनसम्म बन्द भए । उद्योगहरु खरिद नगर्ने भएपछि सहकारीहरु बाध्य भएर बन्द भएको संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताए । उनले दूधमा पछिल्लो समय उद्योगहरुले मनलाग्दी मूल्य निर्धारण गरेर किसानहरुलाई समस्यामा पारेको बताए । ‘केही उद्योगहरुले प्रतिलिटर ४० रुपैयाँमा किसानसंग दूध माग्न थालेका छन्, बजारमा चाँही आधा बढीमा बेच्न गरेका छन्’ सापकोटाले भने ‘उद्योगहरुको खरिद चाहनाले दूधको खपत भइरहेको देखाउँछ तर मौकामा चौका हान्दै उल्टै किसानलाई मारमा पारिरहेका छन् ।’

    उनले यस विषयलाई गम्भिर रुपमा लिनुपर्नेमा जोड दिए । चितवनमा कोल्डस्टोर नभएकोले दूधबाट बन्ने मख्खन उत्पादन गर्न नसकिने भएकोले पनि किसानलाई मारमा परेको संघका सहसचिव मणिप्रकाश खतिवडाले जानकारी दिए । चितवनमा दैनिकी ३ लाख १५ हजार लिटर दूध उत्पादन हुने गरेको खतिवडाले जानकारी दिए । जसमध्ये अहिले ५० प्रतिशत दूध मात्रै खपत भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.