सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीका स्थानीय तहमा तीन अर्बको बजेट प्रस्तुत


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १२:१५ 
  • म्याग्दी : यहाँका छ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु तीन अर्बभन्दा बढीको बजेट ल्याएका छन् । विसं २०७४ मा निर्वाचित भएका यहाँका पालिकाका पदाधिकारीले ल्याएको रु तीन अर्ब दुई करोड ५७ लाख ४९ हजार ८२० को पहिलो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेका हुन् ।

    विगतकै परम्परागत शैलीमा ल्याइएको बजेट पूर्वाधार, कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, कृषि, पशुपालन र खेल पूर्वाधारमा केन्द्रित छ । न्यून मात्रामा आन्तरिक स्रोत जुटाएका पालिकाको बजेट सङ्घीय तथा प्रदेश सरकारले पठाएको अनुदान र चालु आवमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटमा निर्भर छ ।

    सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलब भत्ता र जनप्रतिनिधीको सुविधा ठूलो आकारको देखिएको स्थानीय तहको विकास बजेट कूल बजेटको करीब तिहाइ छ । रु चार करोड आन्तरिक आम्दानी गर्ने लक्ष्यसहित रु ६६ करोड पाँच लाख ६७ हजारको बजेट ल्याइएको बेनी नगरपालिकाले पूँजीगततर्फ रु २३ करोड २६ लाख ८५ हजार विनियोजन गरेको छ ।

    पूर्वाधार विकासमा रु तीन करोड ५० लाख, सामाजिक विकासमा रु एक करोड ७५ लाख, आर्थिक विकासमा रु एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु ७५ लाख, कोरोना नियन्त्रणमा रु ५० लाख, वर्षामा अवरुद्ध सडक मर्मतमा रु ७० लाख र समपूरक कोषमा रु तीन करोड ८५ लाख विनियोजन गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

    नवौँ नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गरेको बजेटमा छलफलका लागि सभाका सदस्यले समय मागेपछि आइतबारसम्म स्थगित गरिएको छ । यही असार ७ गते नै पारित भएको रघुगङ्गाको कूल रु ५३ करोड १९ लाख नौ हजार बजेटमध्ये पूँजीगत शीर्षकमा रु १४ करोड ७५ लाख विनियोजन गरिएको छ ।

    रु एक करोड तीन लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको रघुगङ्गाले मौवाफाँटमा गाउँपालिकाको भवन बनाउन रु एक करोड ५० लाख, सडक पूर्वाधारमा रु नौ करोड ६७ लाख, शिक्षामा रु १४ करोड ७५ लाख, स्वास्थ्यमा रु सात करोड, कृषि, पर्यटन, सहकारीलाई रु दुई करोड विनियोजन गरेको अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

    सामाजिक सुरक्षा भत्ताबाहेक रु ४२ करोड ३० लाखको बजेट पारित गरेको अन्नपूर्ण गाउँपालिकाले पूँजीगत शीर्षकमा रु आठ करोड ९९ लाख ८० हजार र समपूरक कोषमा रु दुई करोड १३ लाख विनियोजन गरेको छ । सडक पूर्वाधार, भवन, खानेपानी, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य र पशुपालनलाई प्राथमिकता दिएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

    गुर्जा–१ र मल्कवाङ–५ का जनप्रतिनिधिको फरक मत राखेपछि बहुमतका आधारमा धवलागिरि गाउँपालिकाले यही असार ९ गते मुनामा भएको एघारौँ गाउँसभाबाट रु ४८ करोड ४० लाख ९९ हजार ८२० को बजेट पारित गरेको छ । पूँजीगततर्फ रु १३ करोड ८७ लाख विनियोजन गरेको धवलागिरिले सबैभन्दा बढी विपद् व्यवस्थापनमा रु एक करोड २२ लाख र गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि रु एक करोड विनियोजन गरेको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

    नवाँै गाउँसभाबाट रु ५० करोड ४३ लाख ४९ हजारको बजेट पारित गरेको मालिका गाउँपालिकाले चालुतर्फ रु सात करोड ८१ लाख, पूँजीगततर्फ रु १३ करोड चार लाख र ससर्त अनुदानतर्फ रु १९ करोड २७ लाख विनियोजन गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

    दरबाङ बजार संरक्षणमा रु एक करोडसहित विपद् व्यवस्थापन शीर्षकमा सबैभन्दा बढी रु तीन करोड १२ लाख ३३ हजार, सडकमा रु एक करोड ८५ लाख, साझेदारीमा सञ्चालन हुने कार्यक्रमलाई रु दुई करोड ५० लाख, भवनमा २३ लाख ९० हजार, शिक्षामा रु एक करोड नौ लाख ९० हजार, स्वास्थ्यमा रु ५० लाख, खानेपानीमा रु ४७ लाख ९९ हजार, खेलमैदानलाई रु २२ लाख ५० हजार, कृषिलाई रु ४८ लाख ३२ हजार, पर्यटनलाई रु ३५ लाख र लघुउद्यमलाई रु ३८ लाख विनियोजन गरिएको छ ।

    सामाजिक सुरक्षा भत्ताबाहेक कूल रु ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित गरेको मङ्गला गाउँपालिकाले चालुतर्फ रु २१ करोड ५१ लख ९९ हजार र पूँजीगततर्फ रु २० करोड ६६ लाख २६ हजार विनियोजन गरेको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । सडक पूर्वाधारमा रु १० करोड १८ लाख, सामाजिक विकासमा रु तीन करोड ३० लाख, सिँचाइ तथा खानेपानीमा रु ७१ लाख, साझेदारीमा सञ्चालन हुने योजनाका लागि समपूरक कोषमा रु दुई करोड नौ लाख, शहरी विकासमा रु दुई करोड एक लाख, कृषि र पशुपालनमा रु ९९ लाख ५० हजार, कोरोना कोषमा रु ४८ लाख, वातावरणमा रु २८ लाख, स्वास्थ्यमा रु ३७ लाख ५० हजार, पोषण सुधारका लागि रु १३ लाख, खेल पूर्वाधारमा रु ३४ लाख ५० हजार, विपद् व्यवस्थापनमा रु चार लाख ५० हजार, युवा तथा खेलकूदमा रु ३६ लाख विनियोजन गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.