सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको नगरसभामा पत्रकारलाई छानीछानी प्रवेश गर्न नदिनु लज्जास्पद : प्रेस चौतारी


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार २१:४६ 
  • भरतपुर, १० असार । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारहरूलाई भरतपुर महानगरको नगरसभामा प्रवेश रोक लगाएको घटनाप्रति घोर निन्दा र भत्र्सना गरेको छ । शाखा अध्यक्ष सुवास पण्डितले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।

    जारी विज्ञप्तिमा महानगरको नगरसभाको रिपोर्टिङ गर्न पुगेका चितवन पोष्टका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थल बाहिरबाटै फर्काईएको घटनाले भरतपुर महानगरपालिका लोकतान्त्रिक मूल्य मान्यताप्रति बफादार र जनताप्रति उत्तरदायी नभएको छर्लङ पारेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “जनसरोकारको विषयमा सार्वजनिक कार्यक्रम हुँदा पत्रकार महासंघ, जिल्लाका क्रियाशील पत्रकारहरुलाई समेत जानकारी नदिनु र आफै सूचना पाएर पुगेका पत्रकारहरुलाई पनि छानीछानी भित्र प्रवेश गर्न नदिनु लज्जास्पद र निन्दनीय कार्य हो । हामी उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दछौं ।”

    विज्ञप्तिमा स्थानीय सरकारहरुले गर्ने सार्वजनिक कार्यक्रमका बारेमा जनताले थाहा पाउनु र सूसुचित हुनुसँग यतिधेरै सशंकित हुनुलाई महानगरको सुशासन, पारदर्शीता र जवाफदेहितामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कमिकमजोरी नदोहो¥याउन र पत्रकारहरुलाई निर्वाध रुपमा समाचार सम्प्रेषण गर्ने वातावरण सिर्जना गर्न जोडदार माग गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.