गृह जिल्लामा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा
न्युजभित्तो/१० असार २०७८, बिहीबार १५:१८
सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ ।
आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् । शाहीसँगै भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाही पनि कालिकोट पुगेका थिए ।
सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ । विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका पनि बताइएको छ। यसअघि पनि मुख्यमन्त्री शाहीलाई पटक–पटक कालोझण्डा देखाउने गतिविधिहरु भएका थिए ।