सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विमानस्थल सुरक्षा चुस्त बनाउने


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार १४:२९ 
  • बझाङ : विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाउने निर्णय गरेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताउनुभयो । पशुपंक्षी तथा सर्वसाधारण विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले रोक्न नयाँ योजना अघि सारिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

    जतिवेला पनि विमानस्थल भित्र मानिसको आवतजावत तथा पशुपंक्षीहरु चराउने तथा धुम्रपान, मध्यपान गर्न विमानस्थल क्षेत्रमा छिर्ने गरेकाले सुरक्षा चुनौती बढेकाले विमानस्थल प्रवेश गर्दा पासको व्यवस्था गर्ने उहाँले बताउनु भयो । साथै अध्यक्ष आचार्यले भन्नुभयो, “विमानस्थल भित्र विना काममा प्रवेश गर्ने, क्रिकेट खेल्ने, गोरु चराउने, फोटो खिच्ने, टिकटक बनाउने, अफिस भित्र जाने कार्य भएकाले यसलाई रोक्न जरुरी छ । विमानस्थल जस्तो संवेदनशिल क्षेत्रमा मदिरा सेवन गरेर आउने, गुट्टका खाएर कार्यालय परिसरमा थुक्ने जस्ता काम भएका छन । ”

    विमानस्थलमा हाल ११ जना सुरक्षाकर्मी भए पनि त्यो पर्याप्त नभएको सुरक्षाकर्मीको भनाइ छ ।

    कतिपय अवस्थामा आकस्मिक रुपमा विमान अवतरण यही गर्नुपर्ने हुन्छ । समिट एयरलाइन्स बझाङका सञ्चालक किशोर खड्काले विमानस्थल घेरबारका काटिएका तारहरु पुनः मर्मत गरेर स्थानीयलाई भित्र प्रवेशमा रोक लगाउनु पर्ने बताउनुभयो । बुधबार बाट विमानस्थलमा फोटो, भिडियो खिच्न नपाइने, अनुमतिविना विमानस्थल भित्र जान नपाउने लगायतका निर्णयहरु भएपनि स्थानीयतहका प्रमुखसँगको छलफलपछि मात्रै कार्यन्वयनमा लैजाने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.