सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कीर्तिमानी गोलकर्ता रोनाल्डो गोल्डेन बुटको होडमा पनि अघि


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार १२:२४ 
  •  काठमाडौं : युरोकप २०२० मा समूह चरणका खेलहरु सकिएका छन् । नकआउट चरणमा पुग्ने सबै १६ टिमको टुङ्गो लाग्नेछ । अब शनिबारदेखि अन्तिम १६ का खेलहरु हुनेछ ।

    समूह चरणमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ गोल गरे । उनले यस युरोकपमा मात्र सर्वाधिक गोल गरेका होइनन् अन्य तीन कीर्तिमानसमेत बनाएका छन् । साथै रोनाल्डो युरोकपको गोल्डेन बुट होडमासमेत अघि छन् । रोनाल्डोले दोस्रो स्थानमा रहेका खेलाडीभन्दा २ गोल बढी गरिसकेका छन् । अब पोर्चुगलले कहाँसम्मको यात्रा तय गर्नेछ त्यसैमा रोनाल्डोको गोल्डेन बुटको दाबेदारी निर्भर हुनेछ ।

    ग्रुप अफ डेथ मानिएको समूह एफमा रोनाल्डोले तीनवटै खेलमा गोल गरे । जसमध्ये उनले हंगेरीविरुद्ध दुई, जर्मनीविरुद्ध एक र फ्रान्सविरुद्ध दुई गोल गरे ।

    बुधबार राति  फ्रान्सविरुद्ध २-२ को बराबरी खेल्दा उनले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने इरानका पूर्वखेलाडी अली दाईको कीर्तिमान बराबरी गरे । दुवैले राष्ट्रिय टिमका लागि समान १०९ गोल गरेका छन् ।

    पोर्चुगल नकआउट चरणमा पुगेकोले रोनाल्डोले यस कीर्तिमान पनि आफ्नो नाममा बनाउने सम्भावना बाँकी छ ।

    यस्तै फ्रान्सविरुद्धको पहिलो गोलपछि उनले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा गरेर संयुक्तरुपमा सर्वाधिक गोल गर्ने जर्मन लेजेण्ड मिरोस्लोभ क्लोजको कीर्तिमान तोडे । क्लोजले विश्वकप र युरोकपमा गरेर १९ गोल गरेका थिए । रोनाल्डोले पहिलो गोल गरेपछि गोलसंख्या २० पुर्‍याउँदै कीर्तिमान तोडे । उनले दोस्रो गोल गरेपछि समग्रमा २१ गोल पुर्‍याए । रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् ।

    त्यसअघि जर्मनीविरुद्ध एक गोल गर्दै उनले क्लोजको कीर्तिमान बराबरी गरेका थिए ।

    समूह चरणमा ५ गोल गर्दै युरोकपमा सर्वाधिक १४ गोल गरिसकेका रोनाल्डोले पहिलो खेलमै मिचेल प्लाटनीको कीर्तिमान तोडेका थिए । युरोकप सुरु हुनुअघि प्लाटिनी र रोनाल्डो समान ९ गोल थियो । रोनाल्डोले हंगेरीविरुद्ध पहिलो गोल गरेपछि नै प्लाटिनीको कीर्तिमान तोडेका थिए ।

    सन् २००४ मा घरेलु मैदानमा युरोकपमा डेब्यु गरेका रोनाल्डोले लगातार पाँच संस्करण युरोकप खेल्ने र पाँचवटै संस्करणमा गोल गर्ने पहिलो र एक मात्र खेलाडी हुन् ।

    तथ्याङ्कमा रोनाल्डोको कीर्तिमान

    युरोकपमा सर्वाधिक गोलकर्ता : १४ गोल

    विश्वकप + युरोकपमा सर्वाधिक गोलकर्ता : २१ गोल

    अन्तर्राष्ट्रिय फुटबलमा संयुक्त रुपमा गोलकर्ता : १०९ गोल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.