चितवनमा केही खुकुलो गरेर एक साता निषेधाज्ञा थप्ने तयारी,
न्युजभित्तो/९ असार २०७८, बुधबार १२:५७
चितवन, ९ असार । चितवनमा जारी निषेधाज्ञा थप हुने भएको छ । जारी निषेधाज्ञालाई थप केही खुकुलो पारेर एक साता थप्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
कोरोनाको जोखिम कायमै रहेकोले जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सिफारिसमा थप केही क्षेत्रलाई खुकुलो पारेरै भए पनि एक साता निषेधाज्ञा लम्बाउने तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार यस पटक निजी सवारी साधनलाई चल्न दिने तयारी छ । जोर–विजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिइने बताइएको छ । आज साँझ बैठक बसी यस बिषयमा थप निर्णय गरिने उनले बताए ।
बैठकमा बजार खोल्ने बारे पनि छलफल हुने उनले बताए । तर कुन प्रणालीमा कसरी खोल्न दिने भन्ने बारे भने छलफल नै निर्णय गर्ने उनले बताए । चितवनमा जारी निषेधाज्ञा भोलि (बिहीबार) राति १२ बजे सकिँदैछ ।