सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार ११:५६ 
  • कास्की, ९ असार । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको हो ।

    मञ्चको मङ्गलबार बसेको बैठकले सो दिन विश्व खेलकूद पत्रकार दिवससमेत परेकाले भर्चुअलबाटै भए पनि अवार्ड वितरण समारोह गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकाी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रङ्गशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअलमार्फत अवार्ड समारोह गर्न स्वीकृत दिएबमोजिम अवार्ड कार्यक्रम तयारी अघि बढाइएको हो ।

    यस वर्ष गत वैशाख २० का लागि तयारी गरिएकामा निषेधाज्ञाका कारण अन्तिम समयमा आएर स्थगन गरिएको थियो । समारोहमा विगतमा झैँ यसपटक विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल सङ्घ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गरिने महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

    वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक भइसकेको छ । खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ ।

    दुई वर्षको अवधिमा खेलाडीले प्रस्तुत गरेको आफ्नो प्रतिभा प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिने छ । मञ्चले कोरोनाका कारण ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सङ्क्रमित पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।साथै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न पनि मञ्चले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.