सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिपदको समयमा जनताको जिउ धन जोगाउनु पहिलो काम होः अध्यक्ष दाहाल


  •    न्युजभित्तो/८ असार २०७८, मंगलवार १५:१२ 
  •  चितवन,८ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपदको समयमा जनताको जिउ धन भन्दा ठूलो अरु नहुने बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बिपदमा राजनीति भन्दा ठूलो जनता हुने बताउनुभएको हो ।
    बाढिपहिरोमा परेका जनताको उद्धार र उनीहरुको व्यवस्थापन संगै क्षती न्यूनिकरण पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “विपदमा राजनीतिलाई दोस्रो प्रथामिकतामा राखेर काम गर्नु पर्छ ।” अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि बिभिन्न तरीकाले लागि परेको बताउँदै उहाँले यो सबै दोस्रो प्रथामिकता भएको बताउनुुभयो ।
    बाढि पहिरोले क्षती भएको र क्षती हुन सक्ने कुरालाई प्रथामिकतामा राखेर काम गर्नु पर्ने समय आएको उहाँको जिकिर थियो । नारायणी नदीले पारेको प्रभावको बिषयमा बुझ्न यहाँ आउनु भएका दाहालले नारायणी नदिको जोखिम अझै कायम रहेको र यसलाई समयमानै व्यवस्थापन गर्न नसकिए ठूलो क्षती हुने बताउनुभयो । नियन्त्रणको काम भइरहेको समयमा वाढि आएर काम अधुरै छोड्दा जनतामा त्रास वढेको उहाँको भनाई थियो । यसको रोकथामका लागि क्षतीको आँकलन गरि राज्यले नितिगत व्यवस्था गरेर अघि वढ्नु पर्ने बताउनुभयो ।
    अहिलेको व्यवस्थापन कम्जोर भएको भन्दै उहाँले नाराणी नदीको फाईदा र जोखिमको आँकलन गर्दै काम अघि वढाउनु पर्ने जानकारी दिनुभयो । बजेटमा प्रथामिकतामा राखेर मात्र बिकास गर्न सकिने उहाँको भनाई थियो । नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संसोधन आबश्यक रहेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो “निकुञ्जको नीति संग सम्बन्धित नितिहरु हिजोको आबश्यकतालाई मध्यनजर गरेर वनाईएका हुन । ती नीति, ऐनहरु वदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आबश्यक छ ।” फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका दाहालले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गर्नु भयो ।
    उहाँले भन्नुभयो “चितवनको बिकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।” कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा बिपदको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
    कोरोना कहर देखि बाढि पहिरोको अबस्थाका बारेमा जानकारी गराउँदै उहाँले २९ हजार परिवार प्रभावित हुने अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “वाढिका कारण जिल्लामा ४६ हजार जनता र २९ हजार परिवार प्रभावित हुने देखिएको छ ।” खोज तथा उद्धारका लागि आबश्यक सामाग्री अपुग रहेको उहाँको भनाई थियो ।
    सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले कोरोना कहरका कारण आएको समस्याका बारेमा जानकारी दिनुभयो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रुकमाङ्गत खनालले नदी नियन्त्रणका लागि वनेको गुरु योजना अनुसार वजेट नआउँदा काम प्रभावकारी रुपमा गर्न नसकीएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.