सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर


  •    न्युजभित्तो/८ असार २०७८, मंगलवार १३:५५ 
  • काठमाडौँ, ८ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्ताक्षर गर्नुभएको हो ।

    समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वेच्छिक फिर्ती, उनीहरुका लागि दिगो पुनःएकीकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने, उल्लेख छ । यस्तै कोभिड–१९ का कारण प्रभावित विभिन्न गन्तव्य मुलुकबाट स्वदेश फर्कनु परेका नेपाली श्रमिकका लागि स्वरोजगारीका अवसर, क्षमता अभिवृद्धि, उद्यमशीलता लगायतका क्षेत्रमा सहकार्य गर्ने, आप्रवासन सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तिमा नेपाल सरकारसँग सहकार्य गर्नेलगायतका विषयमा सहमति भएकोे जनाइएको छ ।

    समझदारीपछि साझा उद्देश्य प्राप्तिका विभिन्न क्षेत्रमा दुवै संस्थाले कार्यगत सम्बन्ध विस्तार गर्नेछन् । यस्तै डायस्पोराको समग्र विकासमा सहकार्य तथा सहजीकरण गर्नुका साथै सरकारका विभिन्न निकाय र तहमा सुरक्षित आप्रवासन तथा आर्थिक विकासका लागि समन्वय तथा सहकार्य गरी अघि बढ्ने सङ्घले जनाएको छ । सङ्घले छ महिनादेखि आइओएमसँग सहकार्यका लागि पहल गरिरहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.