सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई महिनादेखि स्थगित जिप्रकाका सेवा सञ्चालन


  •    न्युजभित्तो/८ असार २०७८, मंगलवार १०:४६ 
  • कञ्चनपुर, ८ असार। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए ।

    बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी मङ्गलबारदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले बताउनुभयो । उहाँका अनुसार नागरिकतासम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ ।

    यसैगरी मङ्गलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको छ । नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने छ ।

    नागरिकतासम्बन्धी सेवा लिनका लागि बिहान १० देखि १०ः३० बजेभित्र टोकन लिनुपर्ने छ । “राहदानीका लागि प्रतिदिन १० जनालाई मात्रै नयाँ सिफारिस दिइने छ”, अधिकृत भट्टले भन्नुभयो, “राहदानी वितरणको कार्य र कार्यालयबाट प्रदान गरिने अन्य सेवा साविकबमोजिम दिइनेछ ।” कोरोनाको जोखिम अझै रहेकाले भीडभाड हुन नदिनका लागि कार्यालयको सेवालाई प्रभावाकरी बनाई प्रवाह गरिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

    निषेधाज्ञा अझै एक साता लम्ब्याइयो

    जिल्ला कोभिड व्यवस्थापन केन्द्र कञ्चनपुरको बैठकले जारी निषेधाज्ञाको अवधि एक साताका लागि लम्ब्याएको छ । आजदेखि असार १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जारी निषेधाज्ञालाई थप खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार सरकारी कार्यालयसहित सार्वजजिक निकाय, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थालाई आलोपालो, टोकन प्रणाली, बार प्रणाली, कोटा निर्धारणसहित स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा सञ्चालन हुन दिने निर्णय गरिएको छ ।

    स्वास्थ्य सेवा, दूध, डेरी पेट्रोलिम पदार्थलगायत अत्यावश्यक पसलबाहेकका अन्य पसल बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । यसअघि हप्तामा तीन दिनमात्रै पसल खोल्न दिने गरिएको थियो । सरकारी, निजी तथा मालवाहकलगायत अन्य सवारी साधन जनस्वास्थ्यको मापदण्डको पूर्णपाालना गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।

    उद्योग कलकारखान र सार्वजनिक तथा निजी निर्माणकार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न दिइने भएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पुस्तकालय, सङ्ग्रहालय, सिनेमा हल, पार्टी प्लोस, स्विमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, दर्शकसहितको खेलकूदलगायत मानिस भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । अनुमति प्राप्तबाहेकका सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बढीमा १० जनाको सहभागितामा विवाह, व्रतबन्धजस्ता सांस्कृतिक कार्य भने गर्न पाइने जारी आदेशमा उल्लेख छ ।

    शैक्षिक गतिविधि अनलाइन तथा भर्चुअल माध्यमबाट सञ्चालन गर्न सकिने छ । नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सक्नेछन् । अन्य खुला सीमाको जुनसुकै विन्दुबाट आवागमनलाई निषेध गरिएको छ । नेपाल प्रवेश गर्ने जिल्लाको नागरिकको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेशनमा बस्नुपर्ने छ ।

    जिल्ला बाहिरका नागरिकका हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था गरिएको छ । जारी आदेशको उल्लङ्घन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही हुनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.