सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यचौकी गैरीगञ्जलाई सहयोग रकम हस्तान्तरण


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १६:५० 
  • खेमराज ढकाल

    चितवन,७ असार । कोभिड १९ ले बिश्वनै आक्रान्त बनेको बेला स्वास्थ्य सामग्री खरिदका लागि भरतपुर स्वास्थ्य चौकी गौरीगञ्जलाई सहयोग रकम प्राप्त भएको छ । हेफर ईन्टरनेशनल नेपालले गरेको सहयोग रकम सहकारी संस्थाले संस्था रहेको स्थानका स्थानिय निकाय मार्फत सोहि ठाउँमा रहेका स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरेको हो ।

    भरतपुर महानगरपालिका भित्र रहेका बिभिन्न सहकारी संस्थाहरुलाई रु पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको र सो मध्ये भरतपुर महानगरपालिका वडा नम्बर ८ मा रहेको बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई एक लाख रुपैयाँ प्राप्त भएकोमा सो रकम आज एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका वडा नम्बर ८ को समन्वयमा भरतपुर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा एक लाख रुपैयाँको चेक महिला समूह समन्वय समितिकी निवर्तमान अध्यक्ष गोमा भट्टराईले बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष शैलजा घिमिरे पौडेललाई, पौडेलले भरतपुर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेलाई तथा न्यौपानेले भरतपुर स्वास्थ्य चौकीकी ईन्चार्ज ईश्वरा तिवारीलाई प्रदान गर्नुभएको हो ।

    हेफर ईन्टरनेशनल नेपालबाट महिला समूह समन्वय समितिको खातामा ६१ लाख रुपैयाँ प्राप्त भएको र सो रकम चितवन जिल्ला भरिका हेफर र महिला समन्वय समिति संग आबद्ध बिभिन्न सहकारी संस्थाको खातामा प्रदान गरिएको महिला समूह समन्वय समिति चितवनकी निवर्तमान अध्यक्ष गोमा भट्टराईले जानकारी दिनुभयो । सहकारी संस्थाहरुले आफ्नो खातामा आएको रकम महानगरपालिका, नगरपालिका र गाउँपालिकाका स्थानिय तहहरु मार्फत स्थानिय स्वास्थ्यचौकीहरुलाई हस्तान्तरण गर्ने पनि भट्टराईले बताउनुभयो ।

    हेफर ईन्टरनेशनल र महिला समूह समन्वय समितिको प्रत्यक्ष सहभागिता रहेको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को खाताबाट आफ्नो संस्थाको खातामा प्राप्त रु एक लाख रुपैयाँ भरतपुर महानगरपालिका वडा नम्बर ८ मार्फत कोभिड १९ बिरुद्ध स्वास्थ्य सामग्री खरिदकालागि भरतपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. भरतपुर ८ का अध्यक्ष शैलजा घिमिरे पौडेलले जानकारी दिनुभयो । आफ्नो संस्थामा आबद्ध करिव ९ सय सदस्यहरु एवं सहकारी संस्थाबाट सेवा लिने सेवाग्राहीहरुले समेत प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा उपभोग गर्न पाउने अपेक्षा सहित सो रकम वडा कार्यालय मार्फत स्थानिय स्वास्थ्य चौकीलाई सहयोग गरिएको संस्थाकी अध्यक्ष पौडेलले बताउनुभयो ।

    महिला नै महिला भएर सञ्चालन गरेको महिला समूह समन्वय समिति र सहकारी संस्थाहरुद्वारा महिला नै ईन्चार्ज भएर सञ्चालित स्वास्थ्य संस्थालाई दयति ठूलो रकम सहयोग प्राप्त भएकोमा आफु निकै खुशी रहेको स्वास्थ्य चौकीकी ईन्चार्ज ईश्वरा तिवारीले बताउनुभयो । प्राप्त रकमले कर्मचारीको बैठकले आवश्यक ठहर गरेका कोभिड १९ बिरुद्धका लागि स्वास्थ्य सामग्री यस अघिनै स्वास्थ्यचौकी सञ्चालक समिति तथा ब्यवस्थापन समितिको निर्णय अनुसार गठन गरिएको खरिद समिति मार्फत खरिद गरिने तिवारीले जानकारी दिनुभयो । भरतपुर स्वास्थ्य चौकीको स्थापना कालदेखी अहिले सम्म यति ठूलो सहयोग रकम पहिलो पटक प्राप्त भएको र यसलाई पारदर्शी ढङ्गले ब्यस्थापन गरिने तिवारीले बताउनुभयो ।

    भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले सहकारी संस्थाले प्रदान गरेको रकम पारदर्शी ढंगबाट उपयोग हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो । सरकारले कोभिड १९ का लागि काम गर्दै आएको र अहिले बिभिन्न संस्थाहरुले पनि हातेमालो गर्दै सहयोग उपलब्ध गराउन थालेकोमा खुशि लागेको न्यौपानेले बताउनुभयो । प्राप्त रकमको कहिं कतै दुरुपयोग भएको शंका लागेमा हामी सबैले खबरदारी गर्नुपर्ने न्यौपानेको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.