सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बस्तीको भौगर्भिक अध्ययन हुनुपर्ने पहिरोपीडितको माग


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १५:०८ 
  • हुमाकान्त पोखरेल

    तम्घास, ७ असार । मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् ।

    गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति ग¥यो । अझै पनि पहिरो गएकाले घरमा जान सक्ने अवस्था छैन ।

    पहिरोका कारण वेदुखर्कमा १५ घर विस्थापित भए । अझै पाँच घर पहिरोको उच्च जोखिममा छन् । विस्थापित भएका तथा जोखिममा रहेका परिवारले आफूहरु बस्दै आएको बस्ती बासस्थानका लागि उपयुक्त छ वा छैन, त्यसका लागि यहाँको भौगर्भिक अध्ययन हुनुपर्ने माग गरेका छन् । यसका साथै उनीहरुले राहत प्याकेजसहित कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । “ठूलो वर्षा हुँदा सडकको नाली पुरिएको थियो, केहीबेरपछि एक्कासी पहिरो गयो”, वेदुखर्ककी लक्ष्मी कुँवरले भन्नुभयो, “पहिरोले घर पुरिएपछि हामी घरभित्रै थुनियौँ ।” वेदुखर्कमा पहिरो जानु पहिलेदेखिकै समस्या हो । पक्की घर भएपनि वर्षायाममा निदाउन नपाउनु यहाँको पुरानै समस्या हो ।

    वर्षौदेखि पहिरोको समस्या खेप्दै आएका उनीहरुले यो बस्ती बासस्थानका लागि उपयुक्त छ वा छैन, त्यसका लागि यहाँको भौगर्भिक अध्ययन गरिदिन सरकारसँग आग्रह गरेका छन् । भौगर्भिक बनावटको अध्ययन बिना नै जथाभावी सडक निर्माण गर्दा पहिरोको समस्या देखिएको स्थानीयवासी अर्पण कुवँरको भनाइ छ । आफूहरु विकास विरोधी नभएको तर सडक खन्दा र बस्ती बसाउँदा भौगर्भिक अध्ययन गरेको भए यो समस्या वर्षेनी नदोहोरिने उहाँको बुझाइ छ । वेदुखर्कमा पहिरो जाँदा घर च्यापिने र बस्ती विस्थापित हुने मात्र होइन्, यहाँका विद्यार्थीसमेत पढाइबाट वञ्चित हुनुपर्ने अवस्था छ । महेन्द्र नमूना माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विपना कुँवरको बिहान र साँझ गरी चार विषयको अनलाइन कक्षा सञ्चालन हुन्छ । तर, आफू बस्ने घर नै पहिरोले च्यापेपछि उनले पढ्न पनि पाएको छैन ।

    बेदुखर्कको बस्तीमा तीन वटा महत्वपूर्ण सडक छन् । एउटा बस्तीको बीच भागबाट नै तम्घास–सन्धिखर्क जाने, दोस्रो बस्तीभन्दा करिब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र तेस्रो ँबस्तीभन्दा करिब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक । पहिरोले तम्घास सन्धिखर्क जोड्ने र तम्घास–नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो । दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन् । ठूला–ठूला मेसिन प्रयोग गरेर बिना अध्ययन बाटो मर्मत गर्दा जोखिम बढेको स्थानीयबासीको भनाइ छ ।

    आफू मात्र नभएर सिङ्गो बस्ती नै विस्थापित भएकाले यो स्थानमा बस्ती बस्न मिल्ने÷नमिल्नेबारे भौगर्भिक अध्ययन हुनुपर्ने लक्ष्मीको भनाइ छ । वर्षायाम आउनसाथ वर्षेनी यस्तै समस्या देखिने भएकाले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग उहाँको छ । असारे विकासको नाममा जथाभावी सडक निर्माण गर्नु र गुणस्तरहीन काम गर्नुजस्ता कारणले पनि आफूहरुको बस्ती जोखिममा परेको लक्ष्मीले बताउनुभयो ।

    स्थानीयवासी पद्म विष्टको घर तीनवटा सडकको बीचमा पर्छ । ती सडकका कारण उहाँले घर छोड्न बाध्य भएका छन् । २०७२ सालमा सडकको स्तरोन्नती गर्दा घरभन्दा करिब ५० मिटर तलबाट लोहोनी एण्ड ब्रदर्श कम्पनीले घर नै जोखिममा हुनेगरी ढुङ्गा निकाल्यो । त्यसबेलादेखि उहाँको घर तलबाट पहिरो जाने क्रम अझै रोकिएको छैन । घरको आँगनबाटै निर्माण भइरहेको तम्घास सन्धिखर्क सडकको नालीमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्दा पानी तल झर्छ ।

    फलस्वरुप उहाँलगायत वरिपरिका परिवारले घर छाड्न बाध्य भएका छन् । घरमुनिको सडकमा पर्खाल लगाई जोखिम कम गर्न चार वर्षदेखि लागि परे पनि अझैसम्म कतैबाट पहल नभएको उहाँको गुनासो छ । गत वर्ष पहिरो जाँदा बस्ती नै बस्न हुने÷नहुनेबारे अध्ययन गर्न सरकारसँग अनुरोध गरेपनि अहिलेसम्म पहल नभएको सोही ठाउँका पोम नारायण सुवेदीको भनाइ छ ।

    रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बस्ती बसेको जमिन कमजोर बन्दै गएकाले त्यसको अध्ययनका लागि भूगर्भविद् ल्याउने विषयमा आफूले पहल गर्ने बताउनुभयो । वर्षायाम सकिएलगत्तै सो ठाउँको भौगर्भिक अध्ययनका लागि आफूले पहल गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.