सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बस्ती जोगाउन पक्कीनाला निर्माण


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १३:४२ 
  • राँझा, ७ असार। कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ ।

    डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल पक्कीनाला निर्माण गर्ने निर्णय गरिएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, एकतानगर बस्ती बाढी र कटानको उच्च जोखिममा रहेकाले त्यसको समाधानका लागि तत्काल रु।५६ लाख बजेट विनियोजन गरिएको छ । बाढी र कटानका कारण त्यहाँका ६० घर विस्थापित हुने अवस्था आएकाले त्यसको समाधानका लागि पक्कीनाला निर्माणको काम शुरु गरिएको छ ।

    डुडुवाखोलाको कटान तथा डुवानबाट वस्ती जोगाउन पक्कीनाला निर्माणका लागि रु।५६ लाखको लागत स्टिमेट तयार गरिएको नगरपालिकाका इञ्जिनीयर बालकृष्ण महतराले जानकारी दिनुभयो । उहाँका अनुसार स्टिमेटमा २।५ मिटर चौडाई, १।५ मिटर उचाई, ९० साइजका ६ वटा होमपाइप र रिटेनिङ्गवाल समेत रहेको छ । तत्कालका लागि बस्ती जोगाउन एक सय मिटर पक्कीनाला बनाउने र अर्को आर्थिक वर्षमा पनि एक सय मिटर पक्कीनाला बनाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ ।

    अबको १५ दिन भित्र नै सक्नेगरी काम गर्ने तयारी भएको छ । काम सम्पन्न गर्न स्थानीयवासी रोशन रावतको अध्यक्षतामा उपभोक्ता समितिसमेत गठन भएको छ । कोहलपुर नगरपालिका—११ का वडाध्यक्ष कर्ण थापाले पक्कीनाला निर्माण भएपछि एकतानगरको कटान तथा डुवानको समस्या समाधान हुने बताउनुभयो । वडाको बजेटबाट नभ्याउने भएकाले नगरपालिकाबाटै यो योजना ल्याइएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.