सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजको दिन सबैभन्दा लामो, कारण यस्तो


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १३:०९ 
  • काठमाडौं,७ असार ।आज जुन २१ अर्थात सबैभन्दा लामो दिन। यसको अर्थ आजको रात अन्य दिनभन्दा छोटो हुनेछ। यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ। सोल्स्टिस ल्याटिन शब्द सोल्स्टिमबाट बनेको हो। ल्याटिनमा सोलको अर्थ सूर्य र सेस्टेयरको अर्थ स्ठिर भएर उभिनु भन्ने हुन्छ। अर्थात दुवै शब्दको अर्थ सूर्य धेरै बेर खडा वा स्थिर रहनु भन्ने हुन्छ।

    हामीलाई थाहा छ, पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने। पृथ्वीले कक्षमा लगाउने चक्करका आधारमा दिन र रातको तय हुन्छ। सूर्य पृथ्वीको उत्तरी गोलार्धको सिधा हुन्छ जसको कारण सूर्यका किरण कर्क रेखामा सिधा पर्छ। यसको सोझो अर्थ यो भयो कि आज अर्थात जुन २१ मा सूर्यको चक्कर लगाउँदै गर्दा पृथ्वी यस्तो अवस्थामा आइपुग्छ कि सूर्यका किरण धेरै समयसम्म पृथ्वीमा पर्छन्।

    पृथ्वीले सूर्यलाई सोझो भएर चक्कर लगाउँदैन। यो आफ्नो आक्षांसमा २३ डिग्रि झुकेको छ। यसै अवस्थामा रहेर पृथ्वीले सूर्यको परिक्रमा गर्छ। परिक्रमा गर्ने क्रममा पृथ्वीको उत्तरी र दक्षिणी गोलार्ध सो डिग्रीमा आइपुग्छन्।

    प्रत्येक देशमा दिनको लम्बाइमा भने घटबढ हुनसक्छ। नेपालमा यसको लम्बाइ १३ घण्टाभन्दा बढी हुनेछ भने केही देशमा यो भन्दा कम हुनेछ। विशेष गरी उत्तरी गोलार्धमा रहेका देशहरुमा यो समय फरक-फरक हुनेछ।

    नर्वे, फिनल्याण्ड, ग्रिनल्याण्ड, अल्कास तथा उत्तरी गोलार्धका अर्को क्षेत्रमा मध्यरातसम्म दिन देखिनेछ भने आर्कटिक क्षेत्रमा दिन पूर्ण रुपमा अस्ताउने पनि छैन। अर्थात यहाँ पूरा २४ घण्टा सूर्य देखिनेछन्।

    आजका दिनलाई उत्तरी गोलार्धमा रहेका देशमा गर्मी सुरु हुने दिनका रुपमा समेत लिइन्छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.